लहँमा सुत्केरी भैसीलाई भत्ता, भैसीपालक किसान खुशी

जाजरकोट
आफुले पालेको भैसी भ्याएपछि वडा सरकारले भत्ता उपलव्ध गराउने भएपछि लहँका किसान खुशी भएका छन् । बर्षेसम्म भैसीपालन व्यवसाय गदै आएका उनीहरु वडाको निर्णयले आफुहरुलाई सम्मान गरेको बताउँछन् ।
किसानलाई भैंसीपालन व्यवसायमा सक्रिय बनाउन र दुध उत्पादन वृद्धि गर्न सुत्केरी भैंसीलाई भत्ता दिने निर्णय गरेको नलगाड नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष बद्री पन्तले बताए ।


प्रोत्साहन स्वरुप व्याएको भैसीलाई प्रति भैंसी २ हजारका दरले सुत्केरी भत्ता दिन लागेको उनले बताए । वडा समितिको निर्णय अनुसार आर्थिक बर्ष २०७९-०८० को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत १ लाख वजेट विनियोजन गरिएको छ ।


उत्कृष्ट कृषक सम्मान कार्यक्रम अन्तर्गत कृषकलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत भैंसीपालक किसानलाई प्रोत्साहन स्वरुप भत्ता दिइने छ । वडा पालिकाको निर्णय अनुसार भदै महिना यता सुत्केरी भएका भैंसीलाई सुत्केरी भत्ता दिइनेछ ।


वडामा भैंसीपालन गर्ने किसानको संख्या घट्न थालेपछि वडाले यस्तो कार्यक्रम ल्याएको वडा सचिव सुरेन्द्र रावलले बताए । थोरै रकम भएपनि कृषकलाई जागरुप बनाउन सक्ने देखेर भैंसीलाई सुत्केरी भत्ता कार्यक्रम ल्याएको हो ।
वडामा सय जनाजति भैंसीपालक किसानका २ सयको संख्यामा भैंसी रहेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया