म नेपालीले नदेखेका कुरा देख्छु : एरिक भ्याली

सुर्खेत । ‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भाली भन्छन्, ‘सानो देश नेपाल विविधताले भरिएको छ । दुनियाँमै नभएका नयाँ र फरक पन नेपालमा भेटिन्छ ।’तर नेपालको महत्त्व नेपालीले नै बुझन नसकेको भ्यालीकोबुझाई छ ।

वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा बक्ता कोरुपमा बोल्दै भ्यालीले नेपालको विविधता र बहु आयामिकता अथाह भएको बताए । भ्याली तीनै त्यत्ति हुन्, जसले निर्देशन गरेर सन् १९९९ मा बजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करको ७२ औँ संस्करणको दौरानमा क्याराभान सूचीकृत भएको थियो । यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग नेपाल र कर्णालीको साइनो उत्तिकै गाढा छ । फिल्मले जोडेको साइनोका कारण भ्याली कर्णाली उत्सवमा उपस्थित भएका थिए ।

डोल्पामा बसेर क्याराभान निर्माण गरेका भ्यालीको नेपाल र कर्णाली यात्रा भने रोचक छ । भ्याली १८ वर्षको उम्मेरमा घुम्नका लागि अफगानिस्तान पुगेका थिए । त्यहाँ घुम्दा घुम्दै उनको भिजा सकिएछ । एक दिन अफगानी सेनाले पक्राउ गरेर  उनलाई जेल हाल्यो । ‘अफगान आर्मीले मलाई दुई ओटा अफसन दियो घर जान्छस् कि अन्य छिमेकी मुलुकमा रु तर म घुम्न आएकाले भारत जाने निर्णय सुनाए’ भ्यालीले भने,‘भारतमा तिम्रो देशका बारेमा धेरै कुरा सुने ।

नेपाल आए । त्यसपछि त तिमीहरुकोदेशमा माया बस्यो ।’ भ्यालीका अनुसार त्यति बेलासम्म नेपालमा टुरिजम मात्रै थियो ।‘विदेशीहरूले नेपालमा टुरिजम मात्रै देख्थे । तर मलाई सक्कली नेपाल देख्नु थियो । र कुनैपनि विदेशी नपुगेको ठाउँमा पुगे’ उनले भने । सक्कली नेपाल देख्ने चाहाकै कारण अरुण, तमोर लगायतका क्षेत्रमा पुगेको भ्याली बताउँछन् । घुम्दा घुम्दै उनी कर्णालीको डोल्पा पुगे ।

शुरुआती चरणमा फोटोग्राफी मात्रै गर्दै आएका उनलाई डोल्पा पुगेपछि भने फिल्म बनाउँने इच्छा जाग्यो । डोल्पाली जनजीवनले उनलाई तान्न थाल्यो । ‘उनको लुगा,चाैरीको दुध, आलु र उवाको खानपान, रहनसहन एकदमै भिन्न थियो । तीनै मान्छेहरुकोजनजिवनलाई क्यामेरामा कैद गर्दा क्याराभान बनेको हो’ भ्याली भन्छन् ।

‘एउटा शसक्त फिल्म बनाउँन के गर्नुपर्ने रहेछ ? ’ उत्सवमा भ्यालीलाई प्रश्न गर्ने भूमिकामा रहेका काठमाण्डौं विश्वविद्यालय सह–प्राध्यापक डा. लोचनरिजालले प्रश्न गरे । ‘फिल्म राम्रो हुँनलाई शक्तिशाली कथा हुनुपर्छ ।शक्तिशाली कथा भेटाउँन गाउँ डुल्नु पर्छ’ जवाफमा भ्यालीले भने ।

क्याराभान फिल्मको स्क्रिप्टका लागि आफुले तीन वर्ष पढेको र पढेको बताए । ‘राम्रो कथा फेला पारेर मात्रै हुँदैन । त्यस्को मुटुसम्म पुग्नु पर्छ । पावर फूल स्टोरी भेटाएपछि अरू बाटाहरू खुल्दै जान्छन्। सजिलै फिल्म भेटिदैन् । राम्रो कन्टेन्ट छैन भने फिल्म नबनाएकै राम्रो हुन्छ,’उनले चलचित्र निर्मातालाई सुझाव दिँदै भने ।

उनले नयाँ पुस्ताका चलचित्र निर्माताहरुलाई कर्णालीका दूर दराजमा घुम्न समेत आग्रह गरे । एउटा विदेशी आएर नेपालका बारेमा फिल्म बनाउँदै गर्दा तपाईहरु आफनै देशमा किन घुम्नु हुँदैन रु भन्नै उनने नयाँ पुस्तालाई समेत आग्रह गरे । ९ महिना डोल्पामा बसेर हिडँद हिउँमा क्याराभानको सुटिङ्ग गरेको बताए । ‘त्यहाँको याक, मान्छे सबै अर्ग्यानिक थिए ।आफ नै दुनियाँका । आफ नै सोच, बिचारका’ उनले भने, ‘फिल्म निर्मातामा केही पागल पनहुँन आवश्यक छ । म त्यस्तै एउटा पागल पन भएको फिल्म निर्देशक हुँ ।’

१९५२ मा फ्रान्समा जन्मीएका भ्यालीले नेपालमा मात्रै ३० वर्ष बिताएको बताउँछन् । फिल्ममार्फत नेपालको संस्कृतक सम्पदालाई संसारभर चिनाएका भ्यालीको नेपाल प्रेम अनौठाे छ । ‘म विदेशी नजाने बाटो हिड्छु । त्यसले लाई नयाँ पन दिन्छ । दुर्गम र रिमोट क्षेत्रमा पुग्छ । बाटो बिराउँछु । कहिल्यै भोकैसुत्छु । फेरी गन्तव्य त भेटाइनै हाल्छु,’ उनी भन्छन्, ‘हाल सुदूर पश्चिमको बझाङ र बाजुरा पुगेर त्यहाँको प्राकृतिक, सांस्कृतिक महत्वका बारेमा लेखिरहेको भ्यालीले बताए ।

‘बाजुरा पनि अनौंठो छ । त्यहाँको बारेमा बुझ्दै छु । ती कुराहरू लैखदै छु’ उनले भने । भ्याली नेपालीमा आफ्नो कुरा प्रस्टरुपमा राख्न राख्छन् । उत्सवमा प्रश्नकर्ता रिजालले उनलाई अर्को प्रश्न गरे, ‘नेपाली भाषा किन सिक्नु भयो रु’जवाफमा भ्यालीले भने, ‘नेपाली भाषा नजानेसम्म नेपालको बहु आयामिक संस्कृति बुझिदैन् । दूर दराजमा अङ्ग्रेजी र फ्रान्सेली भाषा बुझ्दैनन् । त्यसो हुँदा नेपाली सिके ।’




फेसबुकबाट तपाईको प्रतिक्रिया