कर्णालीको सत्ता समिकरणलाई लिएर माओवादीभित्र बिवाद चर्किदै

 

सुर्खेत
कर्णाली प्रदेशमा सत्ताको नेतृत्व एमालेलाई दिने विषयलाई लिएर नेकपा माओवादी पार्टीभित्र मतभेद सृजना भएको छ ।
आफुले नेतृत्व गरिरहेको कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिने पार्टी अध्यक्ष प्रचण्डले सहमति माओवादीभित्रै मतभेद बढेको हो ।
गत बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेलाई नछाड्न प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दबाब दिएका थिए ।
कर्णालीमा माओवादीको जनाधार बलियो भएको र बढी सिट पनि जितेकाले नेतृत्व छाड्न नहुने शर्माको भनाई रहेको थियो ।
जनार्दनको पकड रहेको भनिएको कर्णालीमा उनकै अपेक्षा विपरीत प्रचण्डको निर्देशन आएपछि उक्त निर्देशन कार्यान्वयनमा नआउने माओवादी नेताहरु बताएका छन् ।
पार्टीभित्र फरक मतको नेतृत्व गरिरहेका नेता शर्माले प्रचण्डले सधैँ पेल्ने गरेकोले यसपाली उनलाई देखाई दिने मनस्थतीति बनाएको माओवादी स्रोतले जनाएको छ ।
पछिल्लो समय अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबिच दुरी बढ्दै गएको र कर्णालीबाट शर्माले प्रचण्डलाई नै चुनौती दिन खोजेको उनीहरु बताउँछन् ।
मुख्यमन्त्री राजकुमार शर्मा पनि प्रदेशसभा फेस गर्ने तर पछि नहटने देखिन्छ ।
यो आँटको पछाडी जनार्दनको हात रहेको छ । स्रोतका अनुसार एमालेले उनलाई विश्वासको मत नदिएपनि काँग्रेसले दिने गरी कुरा अघि बढिरहेको स्रोतले जनाएको छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ ।
गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् ।
प्रदेश सभामा नेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।
तर माओवादीका १३ मध्ये कम्तिमा पनि १० जना प्रदेश सभा सदस्य मख्यमन्त्री राजकुमार शर्माको पक्षमा रहेका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया