सुर्खेत
जाजरकोट सदरमुकाम खलंगाबाट विभिन्न रुटमा चल्ने गाडीहरुले चर्को भाडा लिएको जिल्लाबासीको गुनासो आएको भन्दै भाडादर समायोजन गर्न जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले निर्देशन दिएका छन् ।
खलंगाबाट रिम्ना, चिसापानी, दल्ली हुँदै तल्लोबगर, खलंगादेखि पाँचकाटिया र खलंगादेखि पश्चिम क्षेत्रमा चल्ने गाडीहरुले यात्रुसँग चर्को भाडा लिएको भन्दै मन्त्री शाहले सबैसँग परामर्श गरेर उपयुक्त भाडादर निर्धारण गर्न सिडियोलाई निर्देशन दिएका हुन ।
बर्षाको समय भनेर यातायात व्यवसायीले यात्रुसँग अस्वभाविक भाडा लिएको गुनासो जाजरकोटबासीले गरिरहेका छन्, उनले भने, सरोकारवाला सबैसँग छलफल गरेर उपयुक्त भाडादर कायम गर्नु होला ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले चाडै नै सर्वपक्षिय छलफल गरेर उपयुक्त भाडादर कायम गर्न पलह गर्ने बताए ।
यात्रुहरुले तल्लुबजरदेखि खलंगासम्म २ हजार भाडा लिने गरेको गुनासो गरे । यस्तै छोटो दुरीमा पनि कम्तिमा पनि पाँच सयदेखि माथी नै भाडा लिने गरेको उनले बताए ।
राराखबर । २०८१, २८ श्रावण मंगलवार