हिटरलसिह राठाैर
सुर्खेत
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सामुदायिक एफएमहरु आवाज विहिनहरुको आवाज भएको बताए ।
एफएमहरु दलित, जनजाति, महिला, अल्पसंख्यक, र उत्पीडनमा रहेका समुदायको आवाज हुन, उनले भने, सिमान्तकृत वर्ग र समुदायको हकअधिकार, क्षमता, र मुद्दाहरुलाई संचार माध्यमले निरन्तर उठाउँदै आएका छन् ।
भेरीगंगा नगरपालिका ९ जहरे सुर्खेतमा रहेको रेडियो बिवि एफ.एम ९३.६ मेगाहर्ज तेस्रो वार्षिक उत्सवमा उनले संस्कृति, परम्परा र विचारहरुलाई सबै सामु पुर्याउन संचार माध्यमले अहंम भूमिका निर्वाह गरिरहेका छन् ।
समुदायको लागि सूचना, शिक्षा र मनोरञ्जन दिदै सामुदायिक रेडियोले एकता, सहयोग र सद्भावना फैलाउने कार्य गरिरहेको मन्त्री शाहले उल्लेख गरे ।
स्थानीय प्रतिभालाई पहिचान दिने, स्थानीय समस्यालाई उजागर गर्ने र समाधान खोज्ने माध्यम एफएम रेडियोहरु बन्नु पर्नेमा जोड दिए ।
रेडियो एफएमहरुले जनतालाई सुसुजित गर्दै उनीहरुको समस्यालाई सरकारी निकाय, सरोकारवालासँग पुर्याउनु पर्नेमा समेत जोड दिए ।
विविधतायुुक्त नेपाली समाजलाई एक ठाउँमा ल्याएर सामाजिक एकता, सद्भाव, सहिष्णुता र भाइचाराको सम्वन्ध कायम राख्न मद्दत गर्ने विश्वास पनि मन्त्री शाहले व्यक्त गरे ।
राराखबर । २०८१, ३२ श्रावण शनिबार