सैनिक र शिववीच भिडन्त

indexसुर्खेत, २७ जेठ ।
सुर्खेतको वीरेन्द्रनगरमा विहीवारदेखि शुरु भएको यस वर्षको कोका कोला कप माविस्तरीय पूmटबल प्रतियोगितामा विद्यालयहरुको उत्साहजनक सहभागिता देखिएको छ ।
माविस्तरीय प्रतियोगिताको इतिहासमै सर्वाधिक ३२ वटा टिमको सहभागिता भएको सुर्खेत जिल्ला पूmटबल संघका महासचिव गणेशकुमार कार्कीले बताउनुभयो ।
सामुदायिक र निजी गरी छात्रतर्फ हालसम्मकै बढि २४ र छात्रातर्फ ८ गरी ३२ वटा विद्यालयको सहभागिता रहेको छ । महासचिव कार्कीले भन्नुभयो, यो सहभागिता उत्साहजनक मात्र होइन ऐतिहासिक नै हो ।
अघिल्लो वर्षको कोका कोला कप प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ ४ गरी जम्मा १८ टिमको मात्र सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा प्रथम हुने टीमले राष्टियस्तरको प्रतियोगिताका लागि क्षेत्रीय चरणमा फेरि प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ ।
क्षेत्रीयस्तरको छनौट प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले राष्टियस्तरको प्रतियोगिता खेल्न पाउनेछन ।
प्रतियोगिता अन्तर्गतको उदघाटन खेलमा सैनिक आवासीय मावि र शिव मावि लाटीकोइली भीड्ने भएका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया