आपसी मदभेद नसल्टाए काँग्रेसको अस्थित्व संकटमा – काग्रेस नेता भण्डारी

kangresh
सुर्खेत, २३ जेठ
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले वर्तमान सरकारको औचित्य सकिएको वताउनु भएको छ ।
नेपाली काँग्रेस सुर्खेतले आइतवार वीरेन्द्रनगरमा गरेको कार्यकर्ता भेलामा उहाँले जनताको चाहाना अनुसार सरकारले काम गर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमंभत्री केपी शर्मा ओलीकै कारण छिमेकीसगँ सम्वन्ध विग्रीएकोले देशको स्वाभिमान र स्वाधिनतामा आँच आउने खतरा वढेको दावी गर्नुभयो ।
उहाँले फुटेर हैन जुटेर काँग्रेसलाई बलियो वनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । काँग्रेसभित्र एकले अर्काको अस्थित्व स्वीकार्ने परीपाटी नभएको उल्लेख गदै भण्डारीले अस्थित्व स्वीकार गर्ने परीपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो अस्थित्व स्वीकार गर्ने परीपाटीको विकास नभए काँग्रेस निकै कमजोर भएर जान्छ त्यसले लोकतन्त्र र काँग्रेस दुवैलाई घाटा गर्छ ।
पार्टीको आन्तरिक जीवनको समिक्षा गरेर अघि वढन कार्यकर्तालाई सुझाव दिदै उहाँले एक पुराना नेता कार्यकर्ताको सम्मान गर्न युवापंक्तिलाई सुझाव दिनुभयो । स्थानीय निकाय निर्वाचनको विकल्प नभएको भन्दै केन्द्रीय सदस्य भण्डारीले चुनाव जित्नको लागि आपसी मतभेदलाई विर्सेर अघि वढनु पर्नेमा जोड दिनुभयो ।
सुर्खेत काँग्रेसका देखिएको मतभेद समाधानको लागि पलह गर्न पनि उहाँले नेता कार्यकर्तालाई सुझाव दिनुभयो । उहाँले सुर्खेतवाट प्रतिनिधित्व गर्ने सवै सासदलाई एकै ठाउँमा राखेर छफलफल गर्न पनि सुझाव दिनुभयो । आपसी मतभेदलाई चाडै व्यवस्थापन नगरे स्थानीय निकायको निर्वाचनमा काँग्रेसले नराम्रो पराजय भोग्नु पर्ने समेत चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले काँग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने भएकोले एकजुट भएर अघि वढन कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले स्थानीय निकायको निर्वाचनमा सुर्खेतका सवै गाविस र नगरपालिकामा काँग्रेसलाई जिताउन अहिलेदेखिनै लाग्न पनि आग्रह गर्नुभयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया