अबैध भरुवा बन्दुक सहित जुम्लामा एक जना प्रकाउ

सुर्खेत । जुम्लाका एक यूवा बन्दुक सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुठिचौर गाउँपालिका–१, घर भई हाल पातारासी गाउँपालिका ५ लासी बस्दै आएका ३२ बर्षीय सुर्य वहादुर महतारा रहेको जुम्ला प्रहरीले जनाएको छ ।

मोटर साईकल ग्यारेजमा काम गर्दै आएका ती यूवालाई गुठिचौर –१, मौरे लेक स्थित जुम्लादेखि डोल्पा जाने सडक खण्ड नजिक अबैध भरुवा बन्दुक सहित पक्राउ गरेको जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले जानकारी दिए ।

उनका अनुसार महतराले सड्क देखि ५० मिटर तल ढुङ्गाको ओढार भित्र प्लाष्टिकको बोरा भित्र लुकाएर राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो । जुम्ला प्रहरीले आइतबार पत्रकारसम्मेलन मार्फत एक थान भरुवा बन्दुक र आरोपी महतरालाई सार्वजनिक गरेको छ ।

महताराले अबैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा भरुवा बन्दुक सहित उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया