मृतकका आफन्तलाई आर्थिक सहयोग


विष्णु रावल, जाजरकोट
चितवनका सामाजिक अभियन्ता यामलाल भण्डारीलगायतका समाजसेवी व्यक्तिहरुले भुकम्पमा परी ज्यान गुमाएका व्यक्तिका आफन्तलाई आर्थिक सहयोग गरेका छन् ।
उनीहरुले भुकम्पमा परी र भुकम्पको कारणले गर्दा ज्यान गुमाएका व्यक्तिका ४२ घर परिवारलाई प्रतिपरिवार ६ हजार ५ सयका दरले रकम दिएका छन् ।
यस्तै भुकम्पले घर भत्काएपछि अस्थायी टहरा बनाउन खर काटन् क्रममा भीरबाट लडेकी एक जना महिलाका आफन्तलाई ६ हजार, अस्थायी टहरामा आगलागी भएका एक जना व्यक्तिलाई ५ हजार र अपागता भएका ३ जना व्यक्तिलाई प्रतिव्यक्ति ६ हजारका दरले नगद दिएका छन् ।
सहयोगीदाता भण्डारीले भुकम्पले दिएको दुखमा भुकम्प प्रभावित परिवारलाई साथ मात्र दिएको बताए ।
उनले उक्त अभियानमा जोडिएर भुकम्प प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुका साथै आवश्यक सहयोग र समन्वय गर्ने पत्रकार पन्तप्रति आभार व्यक्त गरेका छन् ।
बीबीसीमा कार्यरत संचारकर्मी तथा समाजसेवी व्यक्तित्व प्रकाश पन्तको पहल, समन्वय र अगुवाईमा मृतकका आफन्त, अपागंता भएका व्यक्तिहरु र घरमा आगलागी भएका व्यक्तिलाई रकम हस्तान्तरण गरिएको हो ।
समाजसेवी व्यक्तित्व पन्तले सम्वन्धीत व्यक्तिका आफन्तलाई आफ्नै उपस्थीतिमा सम्वन्धीत वडाका वडाध्यक्षसहितका जनप्रतिनिधी र गाउँका समाजसेवी व्यक्तित्वको हातवाट रकम हस्तान्तरण गरेको बताए ।
उनले भने, दुखमा साथ र सहयोग गरेकोमा सहयोगी दाताप्रति हामी आभारी छौ ।
संचारकर्मी पन्तले सधैँ हामी नगरबासीको सुखदुखमा साथ र सहयोग गर्दै आउनु भएको छ ।
भुकम्पको बेला होस् वा अरु बेला पनि विभिन्न मनकारी व्यक्तिहरु र सरकारी, गैरसरकारी निकाय, संघ संस्थाहरुसँग समन्वय गरी नलगाडबासीसहित समस्या परेका सबैलाई सहयोग गरिरहेका छन् ।
रकम बुझ्ने व्यक्तिहरु
१ हेमबहादुर खड्का ६५००
२ प्रेम शाही ६५००
३ रमेश दमाई ६५००
४ डिलमाया शाही ६५००
५ धनसरा शाही ६५००
६ मायाकुमारी ओली ६५००
७ विवस बोहरा ६५००
८ प्रेम रावल ६५००
९ निरुता बुढा ६५००
१० खर्कबहादुर सार्की ६५००
११ भीमबहादुर पुन ६५००
१२ डिल्लीबहादुर रावत ६५००
१३ जीतबहादुर नेपाली ६५००
१४ चरण रोकाय ६५००
१५ दत्तबहादुर परियार ६५००
१६ महेन्द्र सिंह ६५००
१७ हेमराज बाँनिया ६५००
१८ हिक्मत कुमाई ६५००
१९ दलवीर विक ६५००
२० कविराज कामी ६५००
२१ हस्तबहादुर कुमाई ६५००
२२ चन्द्रकली विक ६५००
२३ लक्ष्मण कामी ६५००
२४ धनबहादुर महर ६५००
२५ यमुना मल्ल पुन ६५००
२६ सुनिता बुढा मगर ६५००
२७ दुर्गा परियार ६५००
२८ मिना विक ६५००
२९ नरेन्द्र बुढा ६५००
३० नरबहादुर दमाई ६५००
३१ दुर्गा चनारा ६५००
३२ सरिला पुन ६५००
३३ कमल पुन ६५००
३४ कालिबहादुर पुन ६५००
३५ विष्णु सिंह ६५००
३६ टिके कामी ६५००
३७ दलबहादुर रोकाय ६५००
३८ डिलमाया मल्ल १३०० (केशव मल्ल र मिना विष्ट)
३९ प्रतिमा सिंह ६५००
४० सुरेन्द्र थापा ६०००
४१ हजारी बाँनिया ६००० अत्यन्तै विपन्न एकल महिला
४२ बीरजीत चनारा अपांग ६०००
४३ भद्रबहादुर दमाई अपांग ६०००
४४ इन्द्रबहादुर खड्का अपांग ६०००
४५ रमेश बुढाथोकी ५००० अस्थायी टहरामा आगलागी




फेसबुकबाट तपाईको प्रतिक्रिया