एसओएस बालग्राम सुर्खेतद्वारा लहँ र थाप्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

विष्णु रावल जाजरकोट
एसओएस बालग्राम सुर्खेतले भुकम्प प्रभावित नलगाड नगरपालिका करिव दुई सय विद्यार्थीलाई शैक्षिक सामाग्री सहयो गरेको छ ।
निर्मलज्योति आधारभूति विद्यालय थाप्ला र शिशु स्याहार केन्द्र लहँका बालबालिकाकालाई झोला, कापी, कलम, पोशाकलगायतका शैक्षिक सामाग्री सहयोग गरेको एसओएस सामाजिक सेवा केन्द्रका प्रमुख श्याम क्षेतीले बताए ।


गत बुधबार विद्यालयमै पुगेर एसओएस बालग्रामको टोलीले उक्त शैक्षिक सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।


शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा एसओएस बालग्राम सुर्खेतका निर्देशक गोपालप्रसाद घिमिरेले संकटको वेला साथ र सहयोग गर्न पाउदा खुशी लागेको बताए ।


उनले शैक्षिक सामाग्रीले विद्यार्थीलाई पढ्नको लागि थप उत्साह र हौसला थप्ने विस्वास समेत व्यक्त गरे ।


एसओएस सामाजिक सेवा केन्द्रका प्रमुख श्याम क्षेतीले भुकम्प प्रभावित क्षेत्रमा आगामी दिनहरुमा पनि यस्ता सहयोग जारी राख्ने बताए ।


समाजसेवी प्रकाश पन्तले बालबालिकालाई पढने वतावरण सृजना गर्न अभिभावकलाई आग्रह गरे ।


यस्तै वडा नम्वर ४ का वडाध्यक्ष बद्री पन्त र ६ का वडाध्यक्ष बीरेन्द्र खड्काले आफ्नो गाउँको विद्यालयमा अध्ययनरत बालबालिकाको लागि शैक्षिक सामाग्री सहयोग गर्ने एसओएस नेपाल प्रति आभार व्यक्त गरे ।


निर्मल ज्योति आधारभूति विद्यालयका प्रधानाध्यापक भीमबहादुर ओली सहयोगदाताप्रति आभार व्यक्त गरे । कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावकलगायतको सहभागीता रहेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया