सुर्खेतको जनसंख्या ३,७९,३ २९ पुग्यो, ४ वर्षमा २८,५२५ जनसंख्या थपियो

imagesसुर्खेत, २३ साउन ।
४ वर्षको अवधिमा सुर्खेतको जनसंख्या २८ हजार ५ सय २५ ले बृद्धि भएको जनाइएको छ ।
२०६८ सालको राष्ट्रिय जनगणनापछि जिल्लामा २८ हजार ५ सय २५ जनसंख्या बृद्धि भएको अनुमान गरिएको तथ्याङ्क कार्यालय सुर्खेतले बताएको छ ।
२०६८ सालको जनसंख्या बृद्धिदर १ दशमलव ५९ लाई आधार मान्दा २०७२ साल चैत्र मसान्तसम्म सुर्खेतमा २८ हजार ५ सय २५ जनसंख्या थपिएको अनुमान गरिएको कार्यालयले वताएको हो ।
२०६८ सालमा ३ लाख ५० हजार ८ सय ४ रहेको जनसंख्या अहिले वढेर ३ लाख ७९ हजार ३ सय २९ पुगेको अनुमान गरिएको कार्यालयका प्रमुख लक्ष्मण कँडेलले बताउनु भयो ।
यो अवधिमा पुरुषको भन्दा महिलाको जनसंख्या ५ हजारले वढेको अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।
महिलाको जनसंख्या १६ हजार ५ सय ४४ र पुरुषको जनसंख्या ११ हजार ९ सय ८१ ले बढेको कार्यालय प्रमुख कँडेलले उल्लेख गर्नुभयो ।
४ वर्षको अवधिमा महिलाको जनसंख्या बढेर १ लाख ९७ हजार ९ सय २७ र पुरुषको जनसंख्या बढेर १ लाख ८१ हजार ४ सय २ पुगेको अनुमान गरिएको छ
सुर्खेत जिल्लामा महिलाको जनसंख्या बृद्धिदर २ दशमल १९ र पुरुषको जनसंख्या बृद्धिदर १ दशमलव ७१ रहेको तथ्याङ्क कार्यालयले बताएको छ ।
सुर्खेतको जनसंख्या बृद्धिदर १ दशमल ९५ लाई आधार वनाएर घाताङ्किय अनुमान विधिवाट जनसंख्या बृद्धिको अनुमान गरिएको बताएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया