सुर्खेत । सल्यानमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दलबहादुर कार्की रहेकाे प्रहरीले जनाएको छ ।
उनी स्थानीय कालीदेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । चट्याङ लागेर गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।
घरनजिकै गाईबाख्रा चराउन गोठालो गएको समयमा सोमबार बेलुकी चट्याङ लागेर उनी घाइते भएका थिए ।
राराखबर । २०८१, ११ भाद्र मंगलवार