सरकारी मोटरसाइकलले ठक्कर दिदाँ एक जनाकाे मृत्यु

सुर्खेत । सुर्खेतमा सरकारी मोटरसाइकलको ठक्करबाट घाइते भएका वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरका ४० वर्षीय चैते थारुको मृत्यु भएको छ । उनलाई मोटरसाइकलले आइतबार बेलुका ठक्कर दिएको थियो । उक्त वडाको घुस्रा नजिकै भित्री सडकमा बा २ ब ६४७६ नम्बरको सरकारी मोटरसाइकलले उनलाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार ठक्करबाट उनको टाउको र आँखामा गहिरो चोट लागेको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुरुमा माया नर्सिङ होम र त्यसपछि कर्णाली प्रदेश अस्पतालमा रिफर गरिएको कुरा विश्वकर्माले बताए । उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको छ ।

मोटरसाइकल हुम्लाको अदानचुली गाउँपालिका–२, का २३ वर्षीय धीरेन्द्र बुढाले चलाएका थिए । उनी सरकारी कर्मचारी भने नरहेको प्रहरीले जनाएको छ ।

सायद ब्लुप्रिन्ट  र पाठ को फोटो हुनसक्छ

थारु कल्याणकारिणी सभा, लखागिन थारु उत्थान मञ्च, थारु राष्ट्रिय कलाकार मञ्च, सुर्खेत थारु युवा सभा, काठमाडौँ र पीडित परिवारले विज्ञप्ति निकाल्दै उचित क्षतिपूर्ति दिनुपर्ने, परिवारको एकजना सदस्यलाई रोजगारी दिनुपर्ने माग अगाडि सारेका छन । आफ्ना मागहरु सम्बोधन नभए सशक्त आन्दोलन गर्ने उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 




फेसबुकबाट तपाईको प्रतिक्रिया