कर्णाली प्रदेश रंगशालामा राष्ट्रिय स्तरको महिला छनाैट फुटवल लिग

सुर्खेत
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा पहिलो पटक आजबाट एन्फा महिला राष्ट्रिय फुटवल लिग सुरु हुन लागेको छ ।
छनौट प्रतियोगीतामा ७ वटा प्रदेशका महिला फुलवल टिमका साथै विभागिय टिम नेपाल पुलिस, सेना र शसस्त्र प्रहरीको पनि सहभागीता हुनेछ ।
१३ दिनसम्म चल्ने छनौट चरणको खेलमा प्रत्येक टिमले एक आपसमा खेल्ने छन ।
राष्ट्रिय स्तरको छनौट प्रतियोगीता पहिलो पटक सुर्खेतमा हुन लागेको अखिल नेपाल फुटवल संघ एन्फाका केन्द्रीय सदस्य रविन्द्र चन्दले बताए ।
उनका अनुसार लिग जित्ने टिमले १० लाख रुपैया पुरस्कार पाउनेछ ।
सम्पूर्ण खेलहरु कर्णाली प्रदेश रंगशालामा हुने र प्रतियोगीताको लागि प्रदेश सरकारले २० लाख रुपैया सहयोग गर्ने बताएको छ ।
बैसाख ७ गतेदेखि २० गते सम्म हुने छनौट चरणका खेलहरु विहान ८ बजे र दिउसो ४ बजेबाट खेलाइने छन् ।
आज विहान ८ बजेतिर कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रतियोगीताको उद्घाटन गर्नेछन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया