सुर्खेत । जन्मिँदै घुँडामुनिको दुबै खुट्टा उल्टो भएर जन्मेकी एक बालिकाको सफल अप्रेसनपछि नयाँ जीवन पाएको उनका अभिभावकले जनाएका छन् । जन्मिन वित्तिकै कृतिकाका दुवै खुट्टा उल्टो थिए । उनकी आमाले भनिन्, यो देख्नासाथ छोरी अब पूर्ण अपाङ्ग हुने भई’ भनेर चिन्तित थियौ ।
तर डा. रुपक कँडेल हाम्रो लागि भगवान बनेर आइदिनु भयो । उहाँकै कारण आज छोरीले नयाँ जीवन पाएकी छ ।
डाक्टरको अथक प्रयास र हाम्रो धैर्यताले गर्दा छोरी ठीक भएर अहिले आफैं हिडन सक्षम भएको उनकी आमाले बताइन ।
खुट्टाको अफल अप्रेसन गरेका डा. कँडेलले आमाको अनुहारमा छाएको खुसी देख्दा आफुलाई वेग्लै खालको खुशी र आनन्न हुने बताए । सामाजिक संजाल फेसवुकमा उनले लेखेका छन्, कहिलेकाही जीवनमा यस्तो परिवर्तन चमत्कार जस्तो लाग्छ, र लाग्छ गौरब आफु डाक्टर हुन पाएर आफ्नै जन्मभुमीको सेवा गर्न पाएकोमा । हामी सबै नानीको उज्ज्वल भविष्यका लागि कामना गर्दछौँ।
राराखबर । २०८१, २६ भाद्र बुधबार