दैलेखको नारायण बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको दैलेखको नारायण बहुमुखी क्याम्पसमा भदौ २८ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियुबाट स्ववियु अध्यक्षमा हिम बहादुर बस्नेत विजयी भएका छन् । भदौ २८ गते शुक्रबार भएको निर्वाचनमा बस्नेत नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भएका हुन् ।

नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको गठवन्धनलाई हराउँदै अनेरास्ववियुले स्ववियुमा विजयी प्राप्त गरेको हो ।

यस्तै अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहति समाजवादी अनेरास्ववियूका टेकराज बुढालाई पराजित गरे । सिंहले एक सय ९२ मत प्राप्त गर्दा बुढाले एक सय २७ मत प्राप्त गरी प्रराजित भएका हुन ।

अनेरास्ववियुबाट कोषाध्यक्षमा शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवन प्रसाद पाण्डे पराजित भएका हुन् । शाहीले एक सय ७२ मत प्राप्त गर्दा पाण्डेले एक सय ४१ मत प्राप्त गरी पराजित भए । उक्त निर्वाचनमा ३ सय ७५ मतदातामध्ये ३ सय २५ मत खसेको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया