नगरपालिकामा धर्ना र विशेष सभा गर्ने नलगाडका वडाध्यक्षहरुको चेतावनी

नगरप्रमुख डम्वरबहादुर रावत भने यतिवेला काठमाडौमा रमाईरहेका

विष्णु रावल,नलगाड जाजरकोट
प्रमुख प्रशासकिय अधिकृतको विषयमा नगरप्रमुख आफ्नो स्वार्थमा केन्द्रीय भएको भन्दै जाजरकोट नलगाड नगरपालिकाकाका ७ जना वडाध्यक्षसहित कार्यपालिकाका सदस्यहरुले दुई दिन भित्र समस्या समाधान गर्न ध्यानाकर्षण गरेका छन् ।

नलगाडका १३ मध्य ७ वटा वडाका वडाध्यक्षसहित कार्यपालिकाका केही सदस्यहरुले आज सयुक्त रुपमा ध्यानाकर्षण पत्र कार्यवाहक नगरप्रमुख कैशिबहादुर विष्टलाई दिएका छन् ।
दुई दिनभित्र समस्या समाधान नभए नगरपालिकामा धर्ना र विशेष सभा गर्ने चेतावनी वडा नम्वर -४, का वडाध्यक्ष बद्री पन्तले दिए।
नगर प्रमुख डम्वरबहादुर रावतको रवैयाले गर्दा अस्थायी आवासको दोस्रो किस्ता दिन ढिलाई भएको, शिक्षक, कर्मचारीको तलव, सामाजिक सुरक्षा भत्ता, करारका कर्मचारीको म्याद थप, विकास निर्माणका कामहरु प्रभावित भएको छन् ।
प्रमुख प्रशासकिय अधिकृत गोपाल शाही नगरपालिकामा हाजिर भएर काम नियमति काम गर्न थालेको झण्डै तीन महिना हुन लाग्दा समेत आर्थिक अधिकार दिन नगर प्रमुख आनाकानी गरिरहेका छन् ।
भुकम्प पीडितको अस्थायी टहरा निर्माणको दोस्रो किस्ताको रकम बैंकमा रोकिएको छ भने शिक्षक कर्मचारीले तलव खान पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका कामहरु प्रभावित हुँदा र नलगाडका जनताले दुख पाइरहदा नगरप्रमुख डम्वरबहादुर रावत भने यतिवेला काठमाडौमा रमाई रहेका छन् । उनी काठमाडौ गएको झण्डै आधा महिना भैइसक्यो तर फर्किन छाँटकाँट छैन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया