सरकार २०८४ सम्मै जान्छ कसैले हल्लाउन सक्दैन् – प्रधानमन्त्री ओली


सुर्खेत
प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना कुराबाट अहिलेको सरकार तलमाथी नहुने बताएका छन् ।
कर्णाली प्रदेश सभालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले १६ महिनापछि आफुले शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उल्लेख गरे ।
यो सरकार २०८४ सम्मै जाने भएकोले ढुक्क हुन प्रदेश सभा सदस्यलाई आग्रह गरे ।
सरकार विकास र सुशासनको मार्गमा अघि बढी रहेको छ उनले भने, यदि कसैलाई लोकप्रिय छु भन्ने लाग्छ भने २०८४ को चुनाव फर्किनु होस् ।
निश्चित लक्ष्य र उदेश्य पुरा गर्न प्रतिस्पर्धी दुई ठुला दलहरु मिलेर बनेको सरकारलाई कसैले हल्लाउन नसक्ने प्रधानमन्त्रीले दावी गरे ।
संविधान सशोधन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले भने संविधान संशोधन कुनै रहर र लहरमा आएको विषय होइन । देशको आवशयकता महशुस भएर गर्न लागिएको हो ।
अहिले विभिन्न दलहरुले गरेका गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले देशलाई नियन्त्रित अस्थीरतातर्फ धकेल्ने गतिविधीहरुको संज्ञा दिए ।
देश र देशको प्रणालीलाई बचाउनको लागि प्रतिस्पर्धी दुई ठुला दलहरु मिलेर सरकार बनाएको जिकिर पनि दोहर्याए ।
आफुहरुले ल्याएको लोकतन्त्र सफलतापूर्वक अघि बढी रहेको दावी गर्दै उनले
केन्द्र सरकारले प्रदेश सरकारलाई सहयोग गर्ने साथ दिने प्रतिवद्धता जनाए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया