सुर्खेत, ३ माघ ।
पुर्वराजा ज्ञानेन्द्र शाह देउती बज्यै मन्दिर दर्शनका आज सुर्खेत आउदै हुनुहुन्छ । पूर्वराजा शाहले मध्यपश्चिम क्षेत्रकै प्रशिद्ध मन्दिर देउती बज्यै मन्दिरमा बिहान साढे १० बजेदेखि ११ बजेम्म पुजाआजा गर्ने रहेको वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरीले जानकारी दिनुभयो ।
उहाँले मन्दिरको दर्शनपछि दिउसो सुर्खेतका सर्वसाधारणलाई भेटेर पूर्वराजा शाह आजै फर्किने कार्यक्रम रहेको पनि बताउनु भयो । पूर्वराजालाई देउती बज्यै मन्दिर जाने मूल गेट पिपिराचोकबाटै मन्दिरद्वारसम्म फूलमाला लिई स्वागत गर्ने कार्यक्रम पनि रहेको उहाँले उल्लेख गर्नुभयो । पुर्वराजालाई स्वागत गर्न सुर्खेतवासी निकै उत्सुक रहेको दावी पनि गिरीले गर्नुभयो ।
सुर्खेतमा पुर्व राजा शाहको स्वागतका लागि प्रध्यापक बलभद्र भारतीको संयोजकत्वमा ६ सय ५१ सदसिय स्वागत समिति पनि गठन गरिएको छ । समितिमा पूर्व राष्ट्रिय पञ्चायत सदस्य घनश्याम गिरी, पूर्व जिविस सभापतिहरु मोतिप्रसाद सापकोटा, ओमबहादुर जिसी, वसन्त थापा, पूर्व जिविस उपसभापति तुलाराम गिरी, वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरी र पूर्व प्रधानपञ्च मानबहादुर खड्कासमेत सदस्य रहनु भएको छ ।
राराखबर । २०७४, ३ माघ बुधबार