एआइजी माधव नेपालले दिए, राम्रोकाम गर्ने डिएसपीलाई पुरस्कार

बैतडी, ३ माघ ।
प्रदेश नम्वर ७ का प्रहरी प्रमुख एआइजी माधव नेपालले हराएको पाँच तोला सुन खोजेर सम्बन्धीत व्यक्तिलाई बुझाएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी हेरम्बो शर्मालाई पुरस्कृत गर्नु भएको छ ।
प्रदेश नम्बर ७ का नौ वटा जिल्लामध्ये राम्रो काम गरेको भन्दै एआइजी नेपालले बैतडी पुगेर डीएसपी शर्मालाई नगदसहित पुरस्कृत गर्नु भएको हो ।


भेटाएको सुन बुझाउनेदेखि शान्ति सुरक्षामा पनि जनताको मन जितेर काम गरेर डिएसपी शर्माले नेपाल प्रहरीको गरिमा बढाएको एआइजी नेपालले बताउनु भयो ।
डिएसपी शर्माले दशैंको बेला हराएको पाँच तोला सुन खोजेर सम्वन्धीत व्यक्तिलाई जिम्मा लगाउने काममा महत्वपूर्ण भूमिका खेल्न भएको थियो ।
सवारी दुर्घटना न्यूनीकरण, सार्वनजिक यातायातमा नागरिकले भोग्दै आएका समस्या, महिला हिंसा, बाल बिबावलाई निरुत्साहित गर्ने काममा प्रहरी प्रतिवद्ध रहेको एआइजी नेपालले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया