प्रदेश नम्वर ६ मा आफनै नेतृत्वमा सरकार गठन गर्ने एमाले संसदिय दलको दावी

सुर्खेत, ८ माघ ।
नेकपा माओवादी केन्द्रले प्रदेश नम्वर ६ को मुख्य मन्त्री दावी गरिरहेको वेला एमाले प्रदेश नम्बर ६ को संसदीय दलले आफनै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय गरेको छ ।
बीरेन्द्रनगरमा भएको एमाले संसदिय दलको प्रथम बैठकले प्रदेशमा सरकार गठनका लागि आवश्यक पर्ने मत भएकाले आफनै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको हो ।


प्रदेश नम्वर ६ मा ४० सिट मध्ये २० जना संसद एमालेका छन । एमाले १४ जना प्रत्यक्ष तर्फ १४ जना र समानुपातितर्फ ६ जना सासद छन । यस्तै माओवादीका १३ जना, काँग्रेसका ६ जना र राप्रापका १ जना संसाद छन ।
५० प्रतिशत अर्थात २० सिट जितेकोले आफनै नेतृत्वमा प्रदेशको सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको मुख्य मन्त्रीका दावेदार तथा एमालेका पोलिटव्यूरो सदस्य यामलाल कँडेलले बताउनु भयो । उहाँले सरकार गठनको पार्टीको केन्द्रीय कमिटीसँग माग गर्ने निर्णय समेत गरेको उल्लेख गर्नुभयो ।
नेकपा एमालेका प्रदेश नंं ६ का सह–संयोजक समेत रहेका कंडेलको अध्यक्षतामा बसेको बैठकले सुर्खेत काठमाडौ सिधा हवाई सेवा र सुर्खेतबाट प्रदेशका सवै जल्लामा पनि हवाई सेवा संचालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्ने निणर्य गरेको छ ।
एमाले प्रदेश कमिटीले यसअघि जारी गरिएको प्रदेशको सुशासन, आर्थिक विकास र सम्बृद्धिको मार्गचित्रलाई कार्यान्वयन गर्ने निर्णय समेत गरका कँडेलले बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया