शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न जरूरी छ : मन्त्री भण्डारी

सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले शिक्षा सुधारका लागि सबै जिम्मेवार बन्न जरूरी रहेको बताएका छन्। वीरेन्द्रनगरमा आजदेखि सुरुभएको कर्णाली एजुकेशन एक्स्पोको उद्घाटन सत्रमा बोल्दै उनले आफ्नो भूमिका अनुरूपको जिम्मेवारी पूरा नगर्दा शिक्षामा वितृष्णा जागेको बताए।

ढुङ्गे युगदेखि सूचना प्रविधीको युगमा प्रवेश गर्दैगर्दा पनि सोहीअनुरुप शिक्षा बढोत्तरी परिवर्तन हुन नसकेको प्रति दुःख व्यक्त गरे। उत्पादनको युगमा जोडिन नसकिएको सम्बन्धी टिप्पणी गर्दै शिक्षा प्रणालीलाई उत्पादनमा जोड्नुपर्ने धारणा राखे।

विद्यालय बनाउने अभियानमा लाग्न सके शैक्षिक सुधार हुने विश्वास व्यक्त गरे। विद्यार्थी भर्ना अभियानको समयमा शिक्षक हरु आन्दोलनमा हुनुपरेको विषयमा गम्भीरता व्यक्त गर्दै संघीय सरकारले जायज मागलाई सम्बोधन गरी शिक्षकलाई आन्दोलनबाट फर्काउन अपिल गरे।

साथै, एक्स्पोमा भएका प्रस्तुतिकरण र छलफलबाट आउने निष्कर्षका आधारमा सरकारले आगामी नीति तथा योजनामा जोड्ने प्रतिवद्धता व्यक्त गरे। कर्णाली विकास केन्द्रद्वाराआयोजित आजदेखि सञ्चालन भएको एक्स्पो तीन दिनसम्म सञ्चालन हुनेछ।




फेसबुकबाट तपाईको प्रतिक्रिया