सुर्खेत, ३२ साउन ।
संगठन विस्तारको लागि विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र सुर्खेत आउने भएका छन ।
प्रदेशस्तरीय पार्टीको संगठन निर्माणको लागि मिश्र आउँदो भदौ २ गते सुर्खेत आउने विवेकशील साझा पार्टी सुर्खेतका प्रचार विभाग सदस्य शेरवहादुर खड्काले जानकारी दिए ।
७ नम्वर प्रदेशवाट संगठन विस्तार सुरु गरेको विवेकशील साझा पार्टीले भदौ ३ गते वीरेन्द्रनगरमा प्रदेशस्तरीय भेला गर्ने पनि उनले बताए ।
भेलाले जिल्ला, नगर र गाउँ स्तरमा संगठन निर्माण गर्नको लागि प्रदेश संयोजक चयन गर्ने बताएको छ ।
भेलालाई विवेकशील साझा पार्टीका संयोजक मिश्र लगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम पनि रहेको छ ।
राराखबर । २०७४, ३२ श्रावण बुधबार