कर्णालीको बजेटका मुख्य प्राथमिकता 

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट करिब ५ प्रतिशतले वृद्धि भएको हो। आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले  प्रदेशसभामा उक्त बजेट प्रस्तुत गरेका छन् ।

सार्वजनिक गरेको यो बजेट चालु आव २०८१/८२ को तुलनामा ५ प्रतिशतले बढी हो । यस वर्ष प्रदेशले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

स्थानीय स्तरमै उद्यमीलाई प्रोत्साहन, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग लगायतका विषयमा बजेटमा समावेश छन् । जसका लागि ६ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, कर्णालीको बजेटमा रैथाने उत्पादनको बजारीकरण गर्नका लागि कोसेली घर सञ्चालनमा ल्याउने बजेटमा उल्लेख छ ।

मुख्य प्राथमिकता तथा विशेषता

  • प्रस्तुतकर्ता: आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाही
  • चालु बजेट : ३१ अर्ब ४१ करोड ४१ हजार
    आगामी बजेट : ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार
  • चालु वर्षको भन्दा एक अर्ब ५८ करोड रूपैयाँले धेरै

खर्च विवरण:

  •  चालु खर्च: ७ अर्ब ७९ करोड
  •  पुँजीगत खर्च: १९ अर्ब अर्ब ९८ करोड
  •  वित्तीय हस्तान्तरण तथा वित्तीय व्यवस्ता : ५ अर्ब २० करोड

आयको स्रोत

  • आन्तरिक राजस्व : ९६  करोड
  • राजस्व बाँडफाटबाट : १० अर्ब २७ करोड
  • संघीय सरकारबाट आउने अनुदान : १६ अर्ब २ करोड
  • चालु वर्षको नगद मौजदात : ३ अर्ब
  • बचत र वैदेशिक सहायता : ७ अर्ब ५६ करोड

मुख्य प्राथमिकता तथा विशेषता

  • स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवर्द्धनका लागि ६ करोड।
  • रैथाने उत्पादन, उद्यम र कोसेली घरजस्ता कार्यक्रम
  • स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम
  • रोजगारी अभिवृद्धि तथा उद्यमशिलता प्रवर्द्धन कार्यक्रम




फेसबुकबाट तपाईको प्रतिक्रिया