
सुर्खेत- आगामी निर्वाचनको चहलपहलसँगै सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु बहादुर खड्काको चर्चा चुलिएको छ।
विशेष गरी मध्यपश्चिम विश्वविद्यालय स्थापनामा उनले निर्वाह गरेको ऐतिहासिक र साहसिक भूमिकालाई स्थानीयवासीले अहिले सम्मानका साथ स्मरण गरिरहेका छन्।
विश्वविद्यालय स्थापनाका लागि निर्णायक योगदान
२०६५ सालमा मध्यपश्चिम विश्वविद्यालय स्थापनाको विषयलाई लिएर बाँके र सुर्खेतबीच ठुलो रस्साकस्सी चलेको थियो। विश्वविद्यालय स्थापनाका लागि आवश्यक १ करोड ६० लाख रुपैयाँ चन्दा संकलनबाट मात्र जुट्न नसकेपछि प्रक्रिया नै अवरुद्ध हुने अवस्थामा पुगेको थियो।
त्यस कठिन समयमा मध्यपश्चिम यातायात संघका तत्कालीन अध्यक्ष रहेका खड्काले अग्रसरता लिएका थिए।
उनकै नेतृत्वमा संघले ५ लाख ६५ हजार ५५५ रुपैयाँ आर्थिक सहयोग गर्यो। यतिले मात्र पनि रकम नपुगेपछि उनले व्यक्तिगत जोखिम मोल्दै संघमार्फत थप १० लाख रुपैयाँ सापट उपलब्ध गराएका थिए, जसले गर्दा सुर्खेतमा विश्वविद्यालय स्थापना गर्ने बाटो खुलेको थियो।
’रुख’ चिन्हमा मतदान गर्न अपिल
”राष्ट्रियता, लोकतन्त्र र समाजवाद” को नारा बोकेका खड्काले आफ्नो क्षेत्रको शैक्षिक र भौतिक विकासमा पुर्याएको यो योगदान अहिले जनताले स्मरण गरिरहेका छन् ।
सुर्खेतको शैक्षिक भविष्य सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेलेका शिक्षाप्रेमी नेता खड्कालाई यस पटक प्रतिनिधि सभामा पठाएर आफ्नो क्षेत्रको समग्र विकास गर्ने अवसरका रूपमा मतदाताले हेरेका छन्।
राराखबर । २०८२, २० माघ मंगलवार