जनतालाई विकासको अनुभूति हुने खालको बजेट ल्याएका छौ- अर्थ मन्त्री शाह

सुर्खेत-  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।  प्रमुख पेशाको रुपमा रहेको कृषि क्षेत्रको प्रवर्द्धन र विकासको लागि चालु आर्थिक बर्षको तुलनामा  ३८ प्रतिशतले कृषिको  बजेट बृद्धि गरिएको आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए ।

बजेटबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले भने, यसपालीको बजेटले पहिलेको तुलनामा  जनतालाई प्रत्यक्ष रूपमा जोड्ने छ ।

अनेक थरिका दवावका वीचबाट जनतालाई विकासको अनुभूति हुने खालको बजेट ल्याउन सफल भएको मन्त्री शाहले दावी गरे ।

‘व्यक्तिलाई बाँड्ने कुरालाई त्यागेर जिल्लामा ठूला सडक, पुलका लागि बजेट विनियोजन गर्न सफल भएको उल्लेख गर्दै उनले भने,  एकमुष्ट बजेट प्रस्ताव गर्ने परिपाटीमा सुधार गर्दै चालु आर्थिक बर्षको तुलनामा अवन्डा बजेट करिव ५८ प्रतिशत घटी राखिएको छ ।

यस्तै मन्त्रालयका सचिव रविलाल शर्माले ५० लाख भन्दा माथीका योजना प्रोजेक्ट बैंकमा र त्यो भन्दा तलका योजना प्रोजेक्ट रोस्टरमा समावेस गरेर राखिएको बताए ।

नीति तथा कार्यक्रममा भएका सवै कुरालाई बजेटले समेटेको उल्लेख गर्दै सचिव शर्मा भने यसपाली योजनामा हुने चलखेल रोकियो ।

विदेशबाट ज्ञान सीप र पुँजी ल्याएर फर्किएका युवाहरुलाई लक्षित गरी रिटर्नी रिटेनजस्ता विभिन्न कार्यक्रम ल्याएको बताए ।

कर्णाली प्रदेश सरकारले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ ।  जसमा पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया