कर्णालीमा काँग्रेस पहिलो, अरु दलको पनि कर्णालीबासीले चित्त बुझाए

सुर्खेत

कर्णालीबासीले यस पटकको निर्वाचनमा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने सवै दललाई  प्रतिनिधि सभामा प्रतिनिधित्व गराएर पठाएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताएर प्रतिनिधि सभामा पठाएका हुन ।

 कर्णालीका दश जिल्लाका १२ निर्वाचन क्षेत्र मध्ये काँग्रेसले सवै भन्दा बढी ५ सिट जित्नै नेपाली काँग्रेस भने पहिलो दल भएको छ ।

देशैभरी नराम्रो पराजय भोगेको काँग्रेसलाई कर्णालीबासीले भने पहिलो दल बनाएर प्रतिनिधि सभामा पठाएका छन् ।

देशैभरी खराव प्रर्दशन गरिरहेको नेकपाले ४ सिट जितेर दोस्रो भएको छ ।  यस्तै एमाले, रास्वपा र राप्रपाले एक/एक सिटमा चित्त बुझाएका छन् ।

अघिल्लो चुनावमा कर्णालीमा खाली हात रहेका एमालेले दैलेख क्षेत्र नम्वर  २ र रास्वपाले सुर्खेत क्षेत्र नम्वर २ काँग्रेसबाट खोसेका छन् ।

काँग्रेस भने सुर्खेत २ र दैलेख २ गुमाएपनि सुर्खेत क्षेत्र नम्वर १ र मुगुमा जित कायम राख्दै दैलेख १, हुम्ला, जाजरकोटमा जित हासिल गर्न सफल भएको छ ।

यस्तै नेपाली कम्युनिष्ट पार्टीले जाजरकोट गुमाएपनि रुकुम पश्चिम, कालिकोट, सल्यान र डोल्पामा भने जित कायमै राखेको छ ।

राप्रपाले भने जुम्लामा जित दोहोर्याएर आफ्नो इतिहास राखेको छ । जुम्लाको संसदिय इतिहासमा यस अघि कुनै पनि दलले दोहोर्याएर चुनाव जितेको रेकर्ड थिएन । उक्त रेकर्ड यसपाली तोडिएको छ ।

कर्णालीमा काँहा कसले जित्यो

काँग्रेस

सुर्खेत १ विष्णुबहादुर खड्का

दैलेख १ बासना थापा

जाजरकोट खड्कबहादुर बुढा

हुम्ला जयपति रोकाय

मुगु खड्गबहादुर शाही

नेकपा

कालिकोट महेन्द्रबहादुर शाही

डोल्पा धनबहादुर बुढा

रुकुम पश्चिम गोपाल शर्मा

सल्यान रमेशकुमार मल्ल

रास्वपा

सुर्खेत २ रमेशकुमार सापकोटा

एमाले

दैलेख २ लक्ष्मीप्रसाद पोखरेल

राप्रपा

जुम्ला ज्ञानबहादुर शाही




फेसबुकबाट तपाईको प्रतिक्रिया