दीपेन्द्र शर्मा
सुर्खेत
आर्थिक अभावको कारण ६ महिनादेखि घरमै थलिएकी नलगाड नगरपालिका –१, चिउरीकी ७६ बर्षिया सेतु कामीलाई उद्धार गरि ल्याएर अहिले सुर्खेतमा निशुल्क उपचार थालिएको छ ।
सामाजिक अभियन्ता बीबीसीमा कार्यरत पत्रकार प्रकाश पन्तको पहलमा सेतुलाई हप्तादिन अघि उद्धार गरी सुर्खेत ल्याएर निशुल्क उपचार थालिएको हो ।
आर्थिक अभावले गर्दा अस्पताल आउन नसकेकी उनलाई कर्णाली केयर अस्पतालले निशुल्क उपचार गरिरहेको छ ।
६ महिनाअघि एकाएक सुनिएका खुट्टा औलाहरु अहिले पाकेर झरिसकेका छन् ।
कामको सिलसिलामा भारतको लदाख गएको वेला हिउँमा परेर सेतुका छोरासहित पाँच जना परिवारका सदस्य पनि अपाग अवस्थामा छन् ।
कमाउने आफन्तजन पनि अपागता भएका कारण उनलाई उपचारको लागि अस्पताल ल्याउन नसकेको पत्रकार पन्तले बताए ।
उनले भने, आर्थिक अभावको कारण उहाँ (सेतु) अस्पताल जान नसकेको थाहा पाएपछि उद्धारको लागि आवश्यक पहल गरेको हुँ ।
सामाजिक अभियन्ता समेत रहेका वालरोग विशेषज्ञ डा.नवराज केसी, र हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा.रुपक कँडेल र आइएनएफल सुर्खेतका प्रमुख उदय योगीको सहयोगमा सेतुलाई सुर्खेत ल्याएर उपचार गर्न सफल भएको पनि उनले बताए ।
सेतुको निशुल्क उपचारमा कर्णाली केयर अस्पतालले र ल्याउन लैजान आइएनएफ सुर्खेतले सहयोग गरेको छ ।
सामाजिक सेवा अन्तर्गत सेतुको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले व्यहोर्ने कर्णाली केयर अस्पतालका डाक्टर रुपक कँडेलले बताए ।
उनले भने, आर्थिक अभावले गर्दा उपचार गर्न अस्पतालसम्म आउन नसकेको थाहाँ पाएपछि सेतुको निशुल्क उपचारमा सहयोग गर्ने निर्णयमा अस्पताल पुगेको हो ।
सामाजिक सेवा अन्तर्गत स्थापनाको बर्षदिनको अवधिमा झण्डै ५० जना अति विपन्न विरामीको अस्पतालले निशुल्क उपचार गरेको उनको उल्लेख गरे ।
आइएनएफ सुर्खेतका उदय हमालको नेतृत्वमा आएको टोलीले सेतुलाई घरबाट उद्धार अस्पताल लगेको आफन्त महेश सुनारले बताए ।
नेपाली काँग्रेस नलगाड नगरपालिका वडा नम्वर १ का सभापति तथा समाजसेवी परिमल राना र युवा समाजसेवी महेश सुनारले सेतुको उद्धार र उपचारमा ठुलो भुमिका खेलेको सामाजिक अभियन्ता पन्तको भनाई छ ।
उनी भन्छन्, यदि उहाँहरु (परिमल र महेश) ले सेतुको अवस्थाबारे थाहाँ नदिएको भए सायद उद्धार र उपचार सम्भव थिएन ।
तीन दिन देखि उपचार भैइरहेकी सेतुका एउटा खुट्टाका औलाहरु पाकेर झरिसकेको र अर्को खुट्टाका औलाहरु प्नि झने अवस्थामा रहेकोले उपचारमा समय लाग्न सक्न अस्पतालले बताएको छ ।
गुण कहिल्यै भल्दैन्
हिउँमा परेर हिडडुल गर्न नसक्ने अवस्था रहेका सेतुका छोरा शसे कामीलाई आइएनएफ सुर्खेतले निशुल्क ह्वील चेयर प्रदान गरेको छ ।
पत्रकार प्रकाश पन्तको पहलमा झण्डै ४५ हजार रुपैया पर्ने ह्वील चेयर शसेलाई प्रदान गरिएको हो ।
ह्वील चेयर पाएपछि खुशी भएका शसेले आफुले नयाँ जीवन पाएको अनुभूति भएको बताए ।
मैले धेरैलाई आफ्नो समस्या सुनाए, सवैलाई मेरो समस्या थाहाँ थियो तर कसैले पनि सहयोग र साथ दिन सकेका थिएन्, उनले भने, तर मलाई ह्वील चेयर र आमालाई सुर्खेत लिएर निशुल्क उपचारको व्यवस्था मिलाएर पन्तले ठुलो गुण लगाएका छन् ।
मेरो र मेरो परिवारको लागि भगवान बनेर आएका प्रकाश पन्तको यो गुण कहिल्यै झुल्ने छैन् ।
राराखबर । २०७८, २५ चैत्र शुक्रबार