
पवित्रा शाही
भनिन्छ घर मानिसको लागि सबै भन्दा सुरक्षित स्थान हो जुन दुई जना व्याक्तिको सम्बन्ध,विश्वास र सत्यताको आधारमा बनेको हुन्छ । जहां एक महिला आफ्नो जन्मेको, हुर्केको र खेली बढेको ठाउंलाई चटक्क विर्सेर अर्को अपरिचित घर र संस्कारलाई आफ्नो बनाएर विश्वासका साथ आएकी हुन्छे ।
आफ्नो जन्मदिने आमाबुवालाई भन्दा पनि नजिक नाताको रुपमा श्रीमान् बनाएर जीवनभर एकसाथ, दुख सुख, भोग तिर्खा, घाम पानी कुनै पनि कुराको प्रवाह नगरी एउटा सुन्दर घर निमार्ण गर्ने उद्देश्यले राम्रोसंग नचिनेको, नजानेको,नदेखेको व्याक्ति , संस्कार र ठाउंलाई कति बिश्वासका साथ आफ्नो प्राण भन्दा प्यारो बनाई राख्न एक महिला प्राय घर जाने गर्छे परिणमस्वरुप पारिवारिक संस्थाको जन्म हुन्छ र त्यहिबाट समाज, राष्ट्र« र समग्र मानवविकास अघि बढ्ेर सत्ता, संरचना र सरकार चलेका छन् । अर्काको घरमा जांदाको पीडालाई शक्तिमा परिणत गरी निष्ठा र कर्मका साथ सुन्दर संसारको परिकलपना गरे कि हुन्छे । तर नियतिको खेलवानियत त्यहि घर उसको लागि खन्डर बनिदिन्छ त्यो पिडा कस्तो होला ?
श्रीमान र श्रीमति त्यस्तो नाता हो जुन एक अर्कालाई सम्मान, मानमर्यादा, विश्वास र आदर जतिगर्न सक्यो, त्यति नै मजबुद र सम्मानित हुन्छ त्यहि घर सुन्दर बैगचाका साथ स्वर्ग र जीवन जीउनको सार्थक बन्छ । श्रीमान श्रीमतिको सम्बन्ध पवित्र विवाह बन्धनबाट बाधिएको हुन्छ । जसमा समाज, नातेदार र संस्कार सांक्षीका रुपमा लिइन्छ हुनत अग्नि सांक्षी राखेर सातफेराका जिवन सफलता, सुरुवात देखि अन्त सम्म साथ निभाउने बाचाकसम खाएका हुन्छन् । विवाहपछि श्रीमान महिलाको रक्षा कवज बन्ने बाचा हुन्छ र समाजले पनि रक्षकको रुपमा प्रतिविम्वत गरेको हुन्छ ।
तर विडम्बना हाम्रो समाज र घरपरिवार भित्र त्यही सम्बन्ध अभिषाप बन्न, बाध्यता, सुरक्षाकालागि बनेको घर दिनप्रतिदिन असुरक्षित र रक्षक बनेको श्रीमान भक्षक बनेको अबस्था छ । श्रीमति भन्न वित्तिकै एक बस्तु जस्तो, नीजि सम्पत्तिको रुपमा प्रयोग गर्ने प्रचलन कायम छ । यदि श्रीमानको इच्छा, चाहाना अनुसार परिचालित भएन भने बरबर्ताको व्यवहार गर्ने गर्दा कतिपय महिलाको जिवन घरभित्र नै कष्टकरका साथ विभिन्न खाले मानसिक, शारिरिक र आर्थिक हिंसाको सिकार आफ्नै नजिकोको नाता भनि विश्वास गरेको श्रीमान बाट नै धेरै भएका छन् ।
श्रीमति भन्न साथ एक बस्तुको रुपमा लिने गरिन्छ । यदपी उसका आफ्नै इच्छा, चाहान, क्षमता ,आत्समान, अस्थित्व र पहिचान हुन्छ । यदपी यी सबै कुरालाई गुमाएर अर्काको खुशी, प्रतिष्ठा र अस्थितवको, परिवार र छोरछोरीको खुशीको लागि हेरक कुराका बलिदान दिएकी हुन्छे । उ आफु एक मानव भएको परिचयलाई विर्सैर अरुसंग जोडिएको नाता सम्बन्धको परिचयबाट चिनिन रमाउंछ । त्यसलाई नै आफ्नो यर्थात परिचय बनाउंछ जस्तो कस्को आमा ?, कस्को छारी ? कस्को बुहारी ? अनि कस्को श्रीमति ? यस्तै यस्तै .. फेरी पनि उ आफुलाई यति गौरव मान्छे किनकी उ एक ममता र सृष्टिकी खानी भन्न चाहेन्छे त्यसलाई महिलाको कमजोरी बनाइन्छ अनि सोच्न बाध्य हुन्छ महिलाको कर्म नै यस्तै हो भन्ने किभन्ने कुरा ।
आज सुच्छ र सुन्दर मानिने घर भित्र नै खाना मिठो नबनाएको निहुमा छुरा प्रहार गरेर, जग्गा आफनो नाममा गर्न दिएन र बेच्न पाएन भनेर बन्चरो प्रहार गरी घाटी रेटने, समयमा घरमा आएन, अर्काका संग लागेको आशंकामा हतियार प्रहार गरेर विभिन्न समयमा सबै भन्दा नजिक र विश्वास मानिएका अग. रक्षकबाट नै भक्षक बनी ज्यान गुमाएका सुर्खेर्ती महिलाका केहि दर्दनाक घट्ना यस प्रकार छन् ः जसलाई महिलामाथी हुने घरेलु हिंसाको पराकाष्ठको प्रतिबिम्बको रुपमा लिन सकिन्छ ।
— मिति २०६७ साल चैत्र २० गते तातापनी गाविस ८ का आइते विकले खान नबनाएको निहुंमा छुरा प्रहार गरी श्रीमतिलाई मार्ने प्रयास गरेको ।
— मिति २०६७ साल फागुन ३० गते साटाखानी गाविस ७ का इन्द्र बहादुर रानाले घाटीरेटी श्रीमतिको हत्या गरेको ।
— मिति २०६८ साल असार ३ गते वीरेन्द्रनगर धारापानीकी अमृता मगरातीको श्रीमानले कुटपिट गरी हत्या गरेको ।
— मिति २०७१ साल कार्तिक १३ गते साविकको लाटिकोइली गाविस ७ का जयबहादुर मल्लले श्रीमतिको बन्चरो प्रहार गरी हत्या गरेको ।
— मिति २०७१ साल असार ३ गते दहचौर गाविस १ की उमा पौडेलको श्रीमानले कुटपिट हत्या र यस्तै मनिकापुरकी उमा विसीको श्रिमानको कुटपिटबाट हत्या ।
— मिति २०७३ साल असार ६ भेरीगंगा नगरपालिका जहरेकी धनसरा कुमाल मगरको श्रीमानले बन्चरो प्रहार गरी हत्या ।
यी त भए सुर्खेत सेरोफेरोमा भएका महिला माथि हुने घरेलु हिंसाका प्रकाष्ठका केही प्रतिनिधिमुलक घट्नाहरु । यस्ता घट्नाहरु हाम्रो समुदाय, समाज राष्ट्रमा कतिहोलान । प्रत्यक्षहतियार प्रहार गरेर मारेका घट्ना त भएभए तर अप्रत्यक्ष रुपमानदेखिने गरी घर भित्र नै चिमोटि चिमोटि मर्न बाध्यबनाएकाकतिपयमहिलाहरुविष सेवन गरेर, कतिपय झुन्डिएर , आफै आगो लगाएर खोलामाहामफालेर मरेका छन् । जिल्लाप्रहरी कार्यलय सुर्खेको रेकडअनुसारआत्महत्यागर्ने र गर्ने प्रयासगर्नेको सख्यमापनिमहिला नै धेरै छन् । आत्महत्यागर्ने मुख्यकारण पनि घरेलु हिंसा अर्थात श्रिमानको दमन र अत्याचार नै भन्ने छ । अवभनौ विवाहा एक पवित्रबन्धनवामहिलाको मृतुबरणको बार, अभिसाप , नियतिवा पृतिसत्ताको नियत । श्रिमानले दिनधाडै हतियार प्रराहर गरेर श्रिमतिलाई मारेको हुन्छ समचारमा छापिन्छ महिला घरमानबस्ने अर्कासंग लागेकोले वा संकापाएर मारेको भन्ने अनि त्यस पछि त्यहां मारेको र एउटाको ज्यानगएको कुरागौण हुन्छ अनिमहिलाको चरित्र नै त्यस्तो भएर भन्ने कुराले पहिलो स्थान पाउंछ ।
यदिपवित्रविवाहा बन्धनबाट गांसिएको श्रिमानकनेनाताउक्त नाताबाटबनाएको घर नै महिलाको लागि उत्पिडन, दमन, आत्महत्या र ज्यान लिने माध्यम बन्ने हो भने के घर भन्ने । महिलालाई खुशी हुने बांच्न पाउने अधिकार नै हुदैन भने के को महत्व त्यो बन्धन अनि संस्कारको ? के श्रीमति हुन, के छोरी, के बुहारी र प्रेमिका हुन महिलाको लागि अभिषाप हो, के उ एउटा प्रयोग र उपभोगको लागि मात्र हो त ? के महिलाको आफ्नै जीवन छैन, आफै बाच्न उसको अधिकार होइन? चित्त नबुझे अलग हुन पाउने श्रीमान र श्रीमति दुबैलाई कानुनमा व्यवस्था छ , घरेलु हिंसा कसुरदार ऐन २०६६ र निमावली २०६७ ले घर भित्र कुनै पनि सदस्यलाई हिंसा भएमा कानुनी रुपमा जाने व्यवस्था गरेको छ फेरी पनि बाध्यता भएर अप्ठ्यारो परिस्थीतिमा, मिल्न नसक्ने अवस्थामा बसी रहंदा धेरै महिलाको ज्यान गएका छन् । झगडा भएपनि कहिलै राम्रो भइहाल्छ की भन्ने आशमा, कहिले छोरा छोरीको भविश्य विग्रने डरले त कहिले समाजको डरले अलग हुन नसकि रहेको अवस्था पनि छ ।
तसर्थ यो पवित्र बन्धनले जोडिएको नाता र सम्बन्धलाई मर्यादित र सम्मानित बनाउन अति जरुरी छ । त्यो सम्भव केवल महिला मात्र होइन, समग्र मानव समुदाय, दृष्टिकोण र महिला पुरुष सबै सचेत र सभ्य हुनका साथै सम्मानित जीवनका लागि एक अर्कालाई आदर, सम्मान, मानविय व्यवहार, विचार, दृष्ट्रिकोण संस्कार र पुरातनवादी संरचनामा समेत परिवर्तन हुन जरुरी छ । कसैलाई पनि कसैको ज्यान लिने अधिकार छैन । घरबाट नै महिलाको मानव अधिकार र बांच्न पाउने अधिकारको हनन् हुन्छ भने कहांबाट एक कर्मठ र क्षमतापान दक्ष जनशक्तिको आशा गर्न सकिन्छ ? त्यसैले घरेलु हिंसा अन्त्यका लागि हामी सबै एकजुट भएर सकरात्मक सोचका साथ लाग्नु पर्ने हुन्छ ।
शाही महिला तथा वालवालिकाको क्षेत्रमा काम गदै आइरहेको आवाज संस्था सुर्खेतका संयोजक हुन ।
राराखबर । २०७३, १४ असार मंगलवार