जुम्ला १४ असार ।
जुम्ला जिल्ला कर्णाली अञ्चलमा पर्दछ ।खलङ्गा बजार कर्णाली अञ्चलको सदरमुकाम हुनुका साथै जुम्ला जिल्लाको पनि सदरमुकाम तथा यस क्षेत्रको शिक्षा, श्वास्थ्य तथा व्यापारिक केन्द्र पनि हो ।
जिल्लाको नामकरण
परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए । यसरी भष्म भएका ती नागहरू पछि जुम्ल्याहा पहाडको रूपमा देखिएकाले जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने जनश्रुती छ ।
भौगोलिक अवस्थिति
- अक्षांशः- २८°५८’ देखि २९°३०’ उत्तरी अक्षांश
- देशान्तरः- ८१°१८’ देखि ८२°१८’ पूर्वी देशान्तर
- क्षेत्रफलः- २५३१ वर्ग कि.मी.
- औसत लम्वाइ:-
- औसत चौडाइ:-
- सीमाना- पूर्व डोल्पा, पश्चिम कालिकोट, उत्तर मुगु र दक्षिण जाजरकोट
- भौगोलिक विभाजन- हिमाल, पहाड र पहाडी तथा हिमाली उपत्यकाहरूप्रमुख नदी र ताल तलैयाहरूतिला, हिमा, जुवा नदीहरू हुन् भने विष्णु ताल, हुड्के ताल, जोगीनी ताल, शङ्ख दह, ठाकुरज्यू दह, गिडी दह आदि प्रमुख ताल र दहहरू हुन्।प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूश्री चन्दननाथ मन्दिर, श्री भैरवनाथ मन्दिर, श्री दरवार मन्दिर, श्री कनकासुन्दरी मन्दिर, श्री चिमरामालिका भगवती मन्दिर, श्री शिव मन्दिर, श्री ठाकुरज्यू मन्दिर, भण्डार वन, सिस्ने हिमाल, पातारासी हिमाल, रारा राष्ट्रिय निकुञ्ज खण्ड, सिंजाक्षेत्र, तातोपानी, गोठिचौर, बागबानि स्याउ तथा तरकारी फारम् , कणालि प्राबिधिक, हुड्के दह र पाण्डव गुफा यस जिल्लामा देखिएका धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरू हुन्।
व्यापारिक महत्वका स्थानहरू
यस जिल्लाको मुख्य व्यापारिक केन्द्र जुम्ला-खलङ्गा बजार हो भने अन्य केही साना व्यापारिक केन्द्रहरू यसप्रकार छन् :- तलिउम, तातोपानी, नाग्मा, नराकोट, हाटिसंजा, उर्थु चौतारा, डिल्लीचौर, चौथा, मणिसांघु ।
जिल्लको प्रमुख विषिशता
जुम्ला जती विकट, अभाव र पछौटेपनको रुपमा परिचित छ, त्यो भन्दा बढी यहाँको स्वच्छ भूमी र जलसम्पदा, कृषि, पशुपालन, फलफूल, जडिबुटी, र जैविक विविधताको विशिष्ट प्राकृतिक सम्पदाले भरिपूर्ण छ ।
विश्वकै सर्वोच्च उचाईमा उत्पादन हुने जुम्ली मार्सी धानले यस जिल्लाको पहिचान अन्तर्राष्ट्रियस्तरमा कायम राखेको छ भने नेपालको स्याउ खेती उत्पादनको हिसाबले पहिलो स्थान श्रेय पने जुम्लालाई छ । यसका साथै स्थानीय सिमी पनि जुम्लाको गरिमा बढाउने दाल बाली हो ।
जुम्ला जिल्लाको प्रमुख अन्नवालीहरुमा मकै, कोदो, जौ, धान, गहुँ, कागुनो, चिनो, फापर, उवा हुन भने फलफूलमा स्याउ, ओखर, खुर्पानी, आरु, आरुबखडा पर्दछन् ।
सिमि, भट्मास, आलु, गाजर, केराउ, केशर, गुच्चे च्याउ, मौरी पालन, भेडा बाख्रा पालन व्यवसाय नगद आय आर्जनका उत्कृष्ट वाली हुन् ।
त्यसैगरी कम तौल र वढी मुल्य भएका तरकारी बीउ उत्पादन खासगरी काउली, मुला, रायो, गाजर, स्वीसचार्ड यस जिल्लाका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धि एवं तुलनात्मक लाभका बालीहरु हुन् ।
यी बालीहरु जुम्लाबाट प्राङ्गारिक कृषि वस्तुको रुपमा निकासी गर्न सकिने संभावना छ ।
विभिन्न अनलाईनको सहयोगमा
राराखबर । २०७३, १४ असार मंगलवार