प्रहरीको सुरक्षा घेराभित्र विश्वविद्यालयको वार्षिकोत्सव

20160617_094110
सुर्खेत, ३ असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आफनो छैठौं वार्षिकोत्सव सुरक्षा घेराभित्र मनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेराभित्र विश्वविद्यालयले आफनो वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रम स्थलको सुरक्षाको लागि ३ दिन अघि नै विश्वविद्यालयले जिल्ला प्रशासन कार्यालयमा सुरक्षा उपलव्ध गराउन माग गरेको थियो ।
मानविकी तथा समाजिकशास्त्रका डिन खोवीराम लम्सालले प्रशासनमा गएर सुरक्षा माग गरेका थिए ।
20160617_085830विश्वविद्यालयको माग अनुसार कार्यक्रम स्थालमा ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको बताएको छ ।
कार्यक्रम अविधिभर हतियारसहितका नेपाल प्रहरी र शसस्त्र प्रहरीले कार्यक्रम स्थलको सुरक्षा गरेका थिए ।
विभिन्न माग राख्दै आन्दोलन गरिरहेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीवाट असुरक्षाको अनुभुति गदै विश्वविद्यालयका पदाधिकारीले सुरक्षाकर्मी वोलाएको वताएको छ ।
20160617_085044कार्यक्रमको वीचतिर उपकुलपति प्रध्यापक डा. उपेन्द्रकुमार कोइराला पुगेपछि क्रान्तिकारी विद्यार्थीले चर्को नारावाजी गदै राजीनामा मागेका थिए । विद्यार्थीले नारावाजी गर्न थालेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेको थियो ।
विश्वविद्यालय जस्तो प्राज्ञिक निकायको कार्यक्रममा हतियारसहितका सुरक्षाकर्मी वोलाउनु प्राज्ञिक क्षेत्रको अपमान भएको आरोप अखिल क्रान्तिकारीले लगाएको छ ।
क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य केशव शाहीले समस्या समाधान गर्नको साट्टा विद्यार्थीको आवाजलाई बन्दुकले दवाउन खोज्नु दुभाग्र्यपूर्ण भएको बताए ।
यस्तै अखिल क्रान्तिकारी विश्वविद्यालय विभागका इन्चार्ज राजेन्द्र वुढाले भने सिडिओ र एसपी अघिपछि लगाएर कतिदिन हिड्ने अव उपकुलपति र रजिष्ट्रारले राजीनामा दिएर सिडिओ र एसपीलाई विश्वविद्यालय चलाउन दिए हुन्छ ।
वार्षिकोत्सव कार्यक्रममा वोल्दै उपकुलपति कोइरालाले विद्यार्थीले उठाएका जाहेज मागहरु ५ मिनेट भित्रै पुरा गर्ने सकिने भएपनि विद्यार्थीले स्वविवेकवाट नभई अरुको निर्देशनमा आन्दोलन गरेकाले चाहेर पनि समस्या समाधान गर्न नसक्ने दावी गरे । उनले भने मैले पुरा गर्न नसक्ने माग म कसरी पुरा गरु ।
कार्यक्रम अन्य वक्तहरुले भने विश्वविद्यालले विद्यार्थीका जाहेजमागहरु पुरा गर्नु पर्ने सुझाव दिएका छन ।
उनीहरुले विश्वविद्यालयलाई राजनीतिक अखडा वनाउन नहुनेमा पनि जोड दिएका छन ।
पूर्व सहमति कार्यान्वयन गर्न माग गदै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयमा चरणवद्ध आन्दोलन गदै आएको छ ।
क्रान्तिकारीले विभिन्न माग राख्दै गत वर्षको पुष महिनावाट आन्दोलन थालेको हो ।
माग पुरा गर्ने आश्वासनपछि केही महिना आन्दोलन स्थागित गरेको क्रान्तिकारीले गत जेठ २३ गतेवाट फेरी चरणवद्ध आन्दोलन थालेको हो ।
१० प्रतिशत वुद्धि भएको शुल्क निसर्त खारेज गर्नुपर्ने, इन्जिनेरिङ्ग संकाय तर्फको प्रथम सेमेस्टर हाल छौठौ सेमेस्टरका विद्यार्थीवाट तोकिएको भन्दा बढी लिएको ४२ हजार रुपैया शुल्क फिर्ता गर्नुपर्ने, शैक्षिक प्रशासनिकय गतिविधीलाई विश्वसिनय र पारदर्र्शी वनाउनु पर्ने क्रान्तिकारीको माग छ ।
यस्तै राजिष्ट्रारको कार्यकाल सकिएकोले तत्काल नयाँ राजिष्ट्रारका नियुक्तिको लागि सिफारिस गर्नुपर्ने, सेवा आयोगलाई स्वतन्त्र, स्वायक्त र विश्वसनिय संस्थाको रुपमा स्थापित गराउदै सेवा आयोगको विज्ञापन समावेसी वनाउनु पर्ने, विश्वविद्यालयको अवैज्ञानिक कार्यविधी सच्याउनु पर्ने, भवन निर्माणमा भैइरहेको लापरवाही, ढिलासुस्ती र अनियमितताको छानमिन गर्नुपर्ने माग पनि क्रान्तिकारीको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया