
प्रशिक्षण दिदै पत्रकार जनक नेपाल ।
सुर्खेत ८ असार ।
सुर्खेतका पत्रकारहरुलाई गहन रिपोर्टिङवारे प्रशिक्षण दिइएको छ ।
जिल्ला विकास समिति सुर्खेतको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले पत्रकाहरुलाई गहन तथा खोज रिपोर्टिङवारे प्रशिक्षण दिएको हो ।
पत्रकार जनक नेपालले गहन रिपोर्टिङका वारेमा प्रशिक्षण दिदै गहन रिपोर्टिङका विषयबस्तु, उद्देश्य, प्रभावलगायतका वारेमा जानकारी दिनु भएको छ ।
उहाँले खोज रिपोर्टिङको प्रभावले नीति निर्माणमा सहयोग पुग्ने भन्दै त्यसका लागि संचारकर्मीहरुले खोज पत्रकारीतामा ध्यान दिनु पनेृमा जोड दिनुभयो ।
यस्तै फोटो पत्रकार भरतवन्धु थापाले पत्रपत्रिकाका लागि राखिने फोटोहरुको वारेमा जानकारी दिनु भएको छ ।
प्रशिक्षणको उदघाटन कार्यक्रममा सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले जिल्लामा खोज रिपोर्टिङको कमी भएको बताउनु भयो ।
पछिल्लो समय पत्रकारीतामा अनुमानकारिता हावी हुदै गएको उल्लेख गदै उहाँले सत्य, तथ्य समाचार संकलन गर्न पत्रकारलाई सुझाव दिनुभयो ।
कार्यक्रममा जिल्लाका करिव तीन दर्जन संचारकर्मीहरुको सहभागीता रहेको छ ।
नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको सभापतित्वमा भएको उदघाटन कार्यक्रम उपाध्यक्ष दिपक वुढा लगायतले आफनो भनाई राख्नु भएको छ ।
राराखबर । २०७३, ८ असार बुधबार