प्रहरीको चरम यातना

20160626_152521-1

प्रतिवेदन सार्वजनिक गदै इन्सेक प्रतिनिधी दुर्गा थापा साथमा शान्ति समिति सुर्खेतका संयोजक मोहन थापा ।

सुर्खेत १२, असार ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुर्खेतले गुटु गाविसमा गत वैसाख १२ गते भएको घटनाको स्थलगतको प्रतिवेदन सार्वजनिक गरेको छ ।
इन्सेक सुर्खेतका प्रतिनिधी दुर्गा थापाले अनुगमन प्रतिवेदन सार्वजनिक गदै घटनामा कृष्ण थापा र प्रवेस सुनारलाई प्रहरीले चरम यातना दिएको पाइएको जानकारी दिनुभयो ।
यसअघि विभिन्न संचारमाध्यमका आएको जस्तो थापा र सुनारलाई प्रहरीले जत्ताको माला नलगाएको र कालोमोसो पनि नदलेको पाइएको उहाँले वताउनु भयो ।
इलाका प्रहरी कार्यालयवाट भागेपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर चप्पलको माला लगाएको प्रत्यक्षदर्शीले वताएको प्रतिवेदनका उल्लेख छ ।
किशोरदोय थापा र सुनारलाई हवल्दार कमलराज विक, अर्जुन चन्द र प्रहरी जवान प्रदीप खड्काले यातना दिएको पाइएको इन्सेक सुर्खेतले जनाएको छ ।
गत वैसाख १२ गते पश्चिम सुर्खेतको गुटुमा कुटपिटमा संलगन भएको आरोपमा नियन्त्रणमा लिएर प्रहरीले थापा र सुनारलाई दिएको आफनतले गुनासो गरेका छन ।
इन्सेकाका प्रतिनिधी दुर्गा थापा, गैरसरकारी संस्था महासंघका यामराज शर्मा र दलित गैरसरकारी संस्था महासंघका सन्जुसिं विकको टोलीले घटनाको स्थलगत अनुगमन गरेको हो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया