सुर्खेतमा दल र जिविसवीच जुहारी

13557952_633761026790885_7329519184712728409_n

राराखवरमा समाचार आएपछि जिविसले जारी गरेको सावजिनक सुचना ।

सुर्खेत असार, २० ।
जिल्ला विकास समिति सुर्खेतले प्रक्रिया विना नै बावियाचौर भत्तडी जंगलाघाट सडक खन्ने जिम्मा दिएको खुलासा भएको छ ।
चालु आर्थिक वर्ष सकिनै लाग्दा यो सडकको लागि ४५ लाख रुपैया आएपछि रकम खर्च गर्न जिविसले प्रक्रिया मिच्दै सडक खन्ने जिम्मा पुरानै उपभोक्ता समितिलाई दिएको खुलासा भएको हो ।
७ लाख रुपैयाको काम गर्नको लागि यसअघि वनाइएको समितिलाई नै विना प्रक्रिया ४५ लाख रुपैयाको पनि काम गर्ने जिम्मा जिविसले दिएको उपभोक्ता समुहले नै जनाएको छ ।
सडक निर्माणमा संलग्न उपभोक्ता समितिका एक पदाधिकारीले जिल्ला विकास समितिले अनुमति दिएपछि १७ गतेवाट सडक निर्माणको काम सुरु गरेको जनाएका छन ।
उनले १७ गते ४ बजेवाट सडक खन्न थालिएको भन्दै अहिलेसम्म ७ सय मिटर सडक खनि सकिएको पनि जानकारी दिए
३ दिनदेखि धमाधम काम भैइरहेकोले उल्लेख गदै उनले अवको ३÷४ भित्रै ३ किलोमिटर सडकमा ग्रावेल गर्ने र नालाहरु काटी सक्ने पनि बताए ।
आर्थिक वर्ष सकिनै लाग्दा स्थानीय विकास मन्त्रालयले सुर्खेतका ३ वटा सडकलाई एक्कासी १ करोड ३५ लाख रुपैया पठाएपछि जिविस पैसा खर्च गर्न हत्तारिएर लागेको पाइएको छ ।
सहमति आउन वित्तिकै प्रक्रिया विना नै सडक निर्माणको काम जिविसले अघि वढाएको राजनीतिक दलहरुले वताएका छन ।
स्थानीय विकास मन्त्रालयले सुर्खेत उपत्यका चक्रपथ, गढी लेखगाउँ धनीगाड कल्याणकाँधी सडक र बावियाचौर भत्तडी जंगलाघाट सडकका लागि ४५ लाखका दरले बजेट अपर्झट पठाएको हो ।
यता जिल्ला विकास समिति सुर्खेतले भने सडक निर्माणमा दोहोरो खेल्दै खलेको पाइएको छ ।
जिविसले एकातिर पुरानै उपभोक्तालाई कामको जिम्मा दिएको छ भने अर्कोतिर स्थानीय विकास मन्त्रालयवाट ३ वटा सडकको लागि १ करोड ३५ लाख रुपैया आएको भन्दै कसरी सडक निर्माण गर्ने भनेर छलफल चलिरहेको बताएको छ ।
सडक निर्माणको विषयमा रारा खवरमा समाचार प्रकाशित हुन वित्तिकै आफनो गल्ती ढाकछोप गर्न सार्वजनिक सुचना जारी गदै जिविसले छलफल चलिरहेको र अहिलेसम्म कुनै निर्णय नभएको उल्लेख गरेको छ ।
जिविसले कुनै उपभोक्ता समिति, व्यक्ति, संस्था र निर्माण व्यवसायीलाई निर्माणको जिम्मा नदिएको उल्लेख गदै कार्यालयका अनुमति वा कार्यादेश तथा संझौता वेगर कोही कसैले सडक निर्माण गरे गराए कार्यालय जवाफदेही नहुने सचेत चेतावनी दिएको छ ।
यता बावियाचौर भत्तडी जंगलाघाट सडक निर्माणमा संलग्न उपभोक्ता समितिका पदाधिकारीले भने जिल्ला विकास समितिले काम गर्न भनेपछि १७ गतेवाट काम थालिएको जनाएको छ ।
उपभोक्ता समितिका एक पदाधिकारीले जिविसले सार्वजनिक गरेको सुचनावारे आफुहरुलाई केही जानकारी नभएको पनि दावी गरेका छन ।
रकम आएपछि राजनीतिक दलहरुसगँ छलफल थालेको जिविसले अहिलेसम्म ठोस निर्णय गर्न सकेको छैन ।
जिविसले एकतिर काम गर्न उपभोक्तालाई जिम्मा दिइसको छ अर्कोतिर दलहरुलाई पनि साक्षी राख्ने प्रयास गरिरहेको बताएको छ ।
एमालेले जिविसले आव्हान गरेको वैठक नै वहिस्कार गरेको छ भने माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, राष्टिय जनमोर्चा लगायतका दलहरुले विरोध गदै आएका छन ।
नेपाली काँग्रेस, राप्रपा नेपाल लगायतका दलले भने बजेट फिर्ता जान दिन नहुने भन्दै काम गर्नुपर्नेमा जोड दिदै आएको स्रोतले जनाएको छ ।
तीन वटा सडकमा आएको बजेटलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा ४÷५ पटक दल र जिविसवीच छलफल भएपनि  निश्कर्ष निश्र्कन सकेको छैन ।
यही असार १५ गते मन्त्रालयले जिविसलाई सडक निर्माण गर्ने सहमति मात्र दिएको छ ।
त्यही सहमतिको आधारमा काम सुरु गर्न जिविस हत्तातिएर लागेको छ । सडकका लागि अहिले लिखित सहमति मात्र आएको तर बजेट र अख्तियारी भने नआएको जिल्ला प्राविधिक कार्यालय सुर्खेतका प्रमुख इन्जिनियर शम्भु मिश्रले बताए ।
मन्त्रालयलय रकम पठाएपनि सुर्खेत उपत्यकाको चक्रपथ र गढी लेखगाउँ सडकको निर्माण भने थालिएको छैन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया