प्रकोपबाट ७५ जनाको मृत्यु

सुर्खेत, २७ असार ।
चालु आर्थिक बर्षमा मध्यपश्चिमका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको ज्यान गएको छ ।
बाढीपहिरो, हावाहुरी, आगलागी र चट्ङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्तिको क्षती भएको हो ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट २ हजार ७ सय २१ घर गोठ क्षती भएका छन् ।
यस्तै २ सय ७३ पशु चौपाय मरेका छन् । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका डिएसपी दिवाकर सिहले मध्यपश्चिमका अधिकांश जिल्लाहरुमा बाढीपहिरो र आगलागीका घटनाबाट धेरैको ज्यान जाने गरेको बताउनु भयो ।
डिएसपी सिहका अनुसार अन्य क्षेत्रभन्दा मध्यपश्चिममा दैवी प्रकोपका घटनामा जनधनको क्षती कम हुने गरेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया