सुर्खेत, ५ भदौ ।
मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार गर्न आउनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष वढेको छ ।
विशेषज्ञ सेवा वृद्धिसगै अस्पतालको समग्र अवस्थामा सुधार आएपछि उपचार गर्न आउनेको संख्या पनि वढेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ
अघिल्लो आर्थिक वर्ष ६४ हजार १ सय ८८ जनाले उपचार सेवा लिएको गत आर्थिक वर्ष ६५ हजार २ सय ६० जनाले उपचार सेवा पाएको समितिका सदस्य पूर्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७१÷७२ मा ४६ हजार ३ सय ४७ जनाले ओपिडी सेवा, ४ हजार ६ सय ३१ जानले इमरजेन्सी सेवा, ८ हजार २६ जनाले इन्डोर सेवा लिएका थिए
यस्तै २ हजार ४४ जनाको मेजर र माइनर अप्रेसन गरिएको थियो भने ३ हजार १ सय ४० जना महिलाले प्रसुती सेवा लिएको वताएको छ ।
गत आर्थिक वर्ष २०७२÷७३ मा ४६ हजार ६८ जनाले ओपिडी सेवा, ४ हजार ९ सय १४ जनाले इमरजेन्सी सेवा, ८ हजार ८ सय १४ जनाले इन्डोर सेवा लिएको अस्पतालले जनाएको छ ।
यस्तै २ हजार ३ सय १८ जनाको मेजर र माइनर अप्रेसन गरिएको छ भने ३ हजार १ सय ४६ जना महिलाले प्रसुती सेवा लिएका छन ।
यसैवीच मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतले अवदेखि आफैले फारमेर्सी सेवा संचालन गर्ने जनाएको छ ।
आगामी पुष महिनाभित्रै अस्पतालले आफनै हाताभित्रै औषधी पसल संचालन गर्ने समितिका सदस्य पूर्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
अहिले अस्पताल हाताभित्र व्यक्तिहरुले फारमेर्सी संचालन गरिहेकोले ति पसलहरुलाई अस्पताल वाहिर राखिने अस्पतालले जनाएको छ ।
आफैले फारमेर्सी संचालन गर्दा रोजगारी सृजना हुने र अस्पताललाई पनि आर्थिक फाइदा हुने उहाँले उल्लेख गर्नुभयो ।
राराखबर । २०७३, ५ भाद्र आईतवार