सुर्खेतका युवा मलेशियामा वेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

सुर्खेत, १६ भदौ ।
बैदेशिक रोजगारीको लागि मलेसिया जानु भएका सुर्खेतको काफलकोट गाविस ३ का डिल्लीराज वुढा एकाएक वेपत्ता हुनु भएको छ ।
मलेसियाको बन्दरबारु निलाइस्थीति ए.एम एस.जि.वि. कम्पनीमा काम गदै आउनु वुढा ३ दिनदेखि वेपत्ता हुनु भएको आफन्तले जानकारी दिएका छन ।
कम्पनीवाट काम सकेर कोठमा आएपछि नजिकै रहेको नेपालीको पसलमा रिचार्ज किन्न गएका वुढा एकाएक बेपत्ता भएको मलेसियावाट गगनसिह ठकुरीले बताउनु भयो ।
dilliबेपत्ता डिल्लीराजको खोजी गरिदिन नेपाली राजदुतावास र काम गर्ने कम्पनीलाई आग्रह गरेपनि दुवैले वास्था नगरेको पनि सिँहले बताउनु भयो ।
२ वर्षअघि मलेसिया गएका २४ वर्षिय वेपत्ता वुढाको खोजी गरिदिन नेपालको परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्दा समेत मन्त्रालयले पनि खासै वास्था नगरेको आफन्त चन्द्र खत्रीले जानकारी दिनुभयो ।
मलेसियमा वुढा हराएको वारेमा जानकारी गराउदा परराष्ट्रका कर्मचारीले कर्मचारीले मन्त्रालयमै आएर विवरण दिन भनेको गुनासो समेत उहाँले गर्नुभयो ।
मलेसियमा वेपत्ता हुनु भएका वुढाको तत्काल खोजी गरिदन सरकारसगँ आफन्तले माग गरेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया