सुर्खेत, १६ भदौ ।
नेकपा एमाले वावियाचौर गाउँ कमिटीले युवा तथा महिलाको भेला आयोजना गरेको छ ।
भेलामा नेकपा एमाले प्रदेश न ६ का सदस्य नवराज रावतले अहिलेको समसामयिक राजनीतिक घटनाक्रममाथी प्रकाश पादै एमालेको विचार र सिद्धान्तलाई जनताको घरघरसम्म पुरयाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले एमाले नेतृत्वको सरकारले ल्याएका जनपक्षिय कार्यक्रमलाई जनतासम्म पुरयाउन महिला र युवाको महत्वपूर्ण भुमिका हुने वताउनु भयो ।
कार्यक्रममा जिल्ला कमिटी सदस्य मनवहादुर विक, क्षेत्रीय अध्यक्ष भीमबहादुर रावत, क्षेत्रीय सदस्य चन्द्रबहादुर साकी, रामप्रसाद अधिकारी, गाउ कमिटीका सचिव सुरेश शाही लगायतले आफनो भनाई राख्नु भएको छ ।
कार्यक्रमा नेकपा एमाले वावियाचौर गाउ कमिटीका अध्यक्ष हर्कबहादुर रावलको सभापतित्वमा भएको हो ।
यसैवीच भेलाले ममता कञ्चनको अध्यक्षमा २५ सदसिय अखिल नेपाल महिला संघ र धनीराम विकको अध्यक्षमा २७ सदसिय युवा संघ गठन गरेको छ ।
राराखबर । २०७३, १६ भाद्र बिहीबार