
बेतान हुँदै लगाम धनरास जोड्ने सिमलखेत खोलामा रहको काठेपुल भाँचिएपछि दुर्घटना भएको ट्याक्टर ।
सुर्खेत, ८ असोज ।
पश्चिम सुर्खेतको लगाम बजार नजिकै रहेको काठे पुल भाँच्चिएको छ ।
एक्कासी काठेपुल भाँचिएपछि आवतजावतमा निकै समस्या भएको स्थानीयबासीले बताएका छन ।
लगाममा पहिलो पटक गाडी पुग्दा बनेका तीन वटा काठेपुल मध्ये अहिलेसम्म २ वटा पुल भाँच्चिसकेका छन ।
बेतान हुँदै लगाम धनरास जोड्ने काठे पुल मध्ये सिमलखेत खोलामा रहको काठेपुल सवैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको छ ।
यी तीन वटै काठेपुलहरु पुलहरु लगामका जनताले आफै बनाएका हुन ।
लगाममा २०६३ सालतिर यी पुलहरु बनेको बताएको छ । पुलहरु भाँचिएपछि विशेषगरी विद्यार्थीलाई समस्या भएको छ ।
पश्चिम सुर्खेत जाने राजनीति गर्ने नेतादेखि सरकारी कर्मचारीहरुले यी पुलहरुको हालत देखेका छन ।
यी ठाउँहरुमा पक्की पुल बनाउन र काठकै पुललाई मर्मत गर्न पनि ध्यान दिएका छैन । काठको पुलहरु भएको ठाउँमा पक्की पुल बनाउन स्थानीय बासिन्दाले बारम्वार आग्रह गरेपनि अहिलेसम्म जिल्ला विकास समिति लगायतका सरोकारवाला निकायले सुनेको नसुने झै गरेका छन ।
यी पुलहरुको मर्मतको लागि यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधीको ध्यान गएको छ न त आफुलाई जनताको प्रतिनिधी भन्ने राजनीतिक नेताहरुको नै ध्यान गएको छ ।
काठको पुलहरु हटाएर तत्काल पक्की पुल बनाउन सवै लगामबासीहरुको जोडदार माग छ ।
शब्द/ तस्वीर
कमलबहादु कठायत
राराखबर । २०७३, ८ आश्विन शनिबार