दैलेख, असोज १३ – दैलेखको लाँकुरी गाविस-९ गैरीगाउँकी एक गर्भवती महिलाको शुक्रबार बिहान ज्यान गएको छ । ६ जना सन्तानलाई जन्म दिइसकेकी शान्ति सिजालीको गर्भमा चार महिनाको सातौँ सन्तान थियो ।

तस्वीर गुगलवाट ।
स्थानीय महिला स्वास्थ्य स्वयंसेविका राधा शाहीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य नै थियो । लाँकुरी स्वास्थ्य चौकीका अनमी दीपा बिष्टले सिजालीको गर्भ ४ महिना जतिको भएको आफूलाई जानकारी रहेको बताउनुभयो । ‘गएको वैशाखको अन्तिम सातातिर छैटौं सन्तान जन्मेको बेला जन्मान्तर गराउन सुझाव दिएको थिएँ तर फेरि गर्भवती हुनुभएछ’ अनमी बिष्टले दुःखेसो पोख्नुभयो ।
सिंजालीले विवाह भएको ८ वर्ष भयो । उहाँले एक एक वर्षको फरकमा ४ छोरा र २ छोरी जन्माइसक्नु भएको थियो । सबै सन्तान जीवित छन् । सानै उमेर विवाह गरेका र स्वास्थ्य तङ्रिन नपाउँदै गर्भवती भइरहँदा शारीरिक कमजोरीकै कारण उनको ज्यान गएको स्वास्थ्य चौकीका इञ्चार्ज हेल्थ असिष्टेण्ट बालकृष्ण बिष्टले बताउनुभएको छ । उज्यालाेबाट
राराखबर । २०७३, १४ आश्विन शुक्रबार