डाँडागाउँको बजेट डेढ करोड, विधुत, शिक्षा, कृषि र आयआयर्जनलाई प्राथमिकता

15750073_379249912427886_2146360596_n

बजेट बिनियोजन सम्वन्धी जानकारी दिदै गाविस सचिव सचिव धनीराम कुमाई ।

बद्री पन्त
जाजरकोट, १५ पुष ।
जाजरकोटको डाँडागाउँ गाउँ विकास समितिको १० औ गाउँ परिषदले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि १ करोड ४९ लाख २१ हजार ६ सय रुपैयाको वजेट प्रस्ताव गरेको छ ।
गाउँ परिषदले चालू तर्फ ८९  लाख २५ हजार र पुजिगत तर्फ ५९ लाख ९६ हजार ६ सय रुपैया बिनियोजन गरेको गाविस सचिव धनीराम कुमाईले बताउनु भयो ।
महिला लक्षित कार्यक्रमका लागि ५ लाख ७१ ह्जार ३ सय ५६,  बालबालिका लक्षित कार्यक्रमको लागि ८ लाख ५७ हजार ३४ रुपैया, जेष्ठ नागरिक, दलित, जनजाति,अपांग लक्षित कार्यक्रमको लागि ८ लाख ५७ हजार ३४ रुपैया बिनियोजन गरिएको उहाँले उल्लेख गनुभयो ।
कृषि क्षेत्रको विकासको लागि ८ लाख ५७ हजार ३४ रुपैया, समपुरक कोष तर्फ २ लाख ४० हजा रुपैया गाँउ परिषदले बिनियोजन गरेको छ ।
गाउँ परिषद्ले पुर्वाधार विकासलाई उच्च प्राथमिकता दिदै यसको लागि १३ लाख र  प्रर्वदनात्मक कार्यक्रमको लागि १० लाख रुपैया छुट्याएको छ ।
स्वास्थ्यको लागि १ लाख ७२ हजार, शिक्षामा ५लाख ७२ हजार ८ सय ३, भवन निर्माणमा ६ लाख ८० हजार, सिचाई तर्फ १० लाख, खानेपानी तर्फ रु.४ लाख रुपैया बिनियोजन गरेको छ ।
गाउँको  विधुतीकरणलाई उच्च महत्व दिदै गाउँ परिषदले ग्रामिण विद्युतिकरणको  लागि १७ लाख ४२ हजार ६ सय ६१ रुपैया बिनियोजन गरेको गाउँ विकास समितिका सचिव धनीराम कुमाईले जानकारी दिनुभयो ।
विद्यालयमा फर्निचर निर्माणको लागि २ लाख ५० हजार, कृषि तर्फ ४ लाख १७ हजार ८ सय १३, काठे पुल निर्माणको लागि १८ हजार, सडक निर्माणको लागि ६ लाख ५० हजार क्षमता विकास तर्फ २ लाख ४१ ह्जार ३ सय ५६ रुपैया, भिलेज प्रोफायलको लागि ५० हजार, विपत व्यवस्थापनमा ५० हजार, पंचेबाजा खरिदको लागि ८० हजार, आकस्मिक विमारीका लागि स्टेचर खरिद गर्न ६० हजार रुपैया प्रस्ताव गरिएको सचिव कुमाईल बताउनु भयो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया