‘मलाई मेरो क्रान्तिकारी स्वभावसँग डर छ’ (भिडियाेसहित)

विश्वकै प्रभावशाली कोच
विश्वकै प्रभावशाली कोच नरबहादुर कार्की ४३ वर्ष अघि जाजरकोटको दुर्गम गाउँ कार्कीगाउँमा जन्मिनु भएको थियो । मध्यम  परिवारमा जन्मिनु भएका उहाँले गाउँकै नारायणी निम्न माध्यामिक विद्यालयमा प्राथमिक तहको शिक्षा आर्जन गर्नु भएको थियो । ७ कक्षासम्म गाउँकै विद्यालयमा पढेपछि १० कक्षासम्म सदरमुकाम खलंगाको त्रिभूवन माध्यामिक विद्यालयमा पढनु भयो । त्यही विद्यालयबाट २०४९ सालमा एसएलसी पास गर्नु भएका कार्कीले तत्कालिन वीरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतबाट आइए गर्नु भयो ।
सानैदेखि केही गरेर देखाउनु पर्छ भन्ने इच्छाशक्ति भएका कार्कीले सुर्खेतमा चिया पसल गरेरे कलेज पढनु भएको थियो । स्टेट युनिभरसिटी अफ बंगलादेशबाट स्नातकोत्तर गर्नु भएका उहाँ सन् २००७ देखि जागिरे जीवन त्यागेर स्वातन्त्रक उत्प्रेरक, सहजकर्ता र समाज रुपान्तरणको अभियन्ताको रुपमा काम गदै आउनुभएको छ ।
३/४ सय पटक रुखहरु चढियो
वाल्यकालका धेरैजसो घटना कार्कीको स्मरणमा छन । विद्यालयमा पढेको, लेखेको कुराको धेरै याद छैन । तर गाईबाख्रा चराउन गएको, घाँसदाउरा काटेको, रुखहरुमा चढेको याद छ । अग्ला रुखहरुमा चढेर हाँगाहरु काटेको सम्झदा अहिले उहाँलाई ति रुखहरु कसरी चढेछु । कसरी वाँच्न सिकेछु भन्ने लाग्छ । अर्कोतिर भाईहरुसगँ झगडा गरेको सझना पनि आउँछ ।  त्यो समयमा ३/४ सय पटक रुखहरु चढियो होला । एक पटक माइलो भाईलाई पिटेको थिए । ढुकुरको गुडमा पास हाल्न खोज्दा घोप्टो पारेर राख भन्दा तेस्रो पारेर राख्दा पिटेको थिए । उहाँ भन्नुहुन्छ वाल्य कालका यस्ता घटनाहरु सम्झन्छु ।
कार्कीगाउँवाट ८ घण्टा हिडेर खलंगा जानुपथ्यो ।कार्की भन्नुहुन्छ एक पटक एसएलसीमा फेल भए ।अनि कालापहाड गए । त्यहाँ २२ जना कामदारलाई खाना पकाएर खुवाउने काम थियो । फर्केर आए एसएलसी पास गरे । अनि एसएलसी दिएकै समयमा छिन्चुमा आएर चिया पसल गरे । पछि वीरेन्द्रनगर आए । बसपार्कमा चिया पसल गरे । अनि बजारमा होटेल पनि गरियो ।

नयाँ मोड
सानोछदा उहाँका २ वटा सपना थिए । एउटा शिक्षक वन्ने अनि अर्को घोडा चढने । उमेर चढ्दै गर्दा बाल्यकालका ती सपनाहरु पनि हराउदै गए । आइए पास गरेपछि उहाँले सहकर्मी समाज नामक संस्थामा काम पाउनु भयो । वाँकेको शमशेरगंजमा सामुदायिक उत्पे्ररकको रुपमा वर्षदिन काम गर्नुभयो ।त्यसपछि सदुरपश्चिको कैलाली जिल्लामा माृतमृत्युदर घटाउनको लागि संचालन भएको पाइलटिङ्ग प्रोजेक्टमा काम गर्न थाल्नु भयो । त्यो प्रोजेक्टमा उहाँले डेढवर्ष संचार सहजकर्ताको रुपमा काम गर्नु भएको थियो ।
नेपाली माटो र हावापानी सुहाँउदो
कैलालीमा काम गर्ने क्रममा एकजना जेष्ठ महिलाको प्रेरणाले गर्दा उहाँको सोच कोचतिर मोडिन पुग्यो । अमेरिकाको एकेडमी फर कोचिङ्ग सेन्टरवाट  उहाँले २००९ मा लाईफ कोचको तालिम लिनु भयो । वर्षदिनसम्म डा. मारिथा नेमेथबाट लाइफ कोचको प्रशिक्षण लिएपछि कोचको यात्रा सुरु भएको थियो । जीवन रुपान्तरणको लागि उहाँले नेपाली माटो र हावापानी सुहाँउदो पाठ्क्रय तयार पार्नु भएको छ । त्यही पाठ्यक्रममा टेकेर उहाँले अहिलेसम्म नेपाल र नेपाल वाहिरका झण्डै तीनलाख मानिसहरुलाई जीवन जीउने तरीका सिकाउनु भएको छ ।आफुभित्र बिराट सम्भावना हुँदाहुदै पनि जीवनबाट बिरक्त भएका व्यक्तिलाई कार्कीले आफुभित्रको सम्भावनालाई पहिचान गरी जीवन जीउने कला सिकाउदै आउनु भएको छ । आफुभित्रको नविन भेदलाई पहिचान गर्न नसकी कुँइरोमा हराएको कागझै भएका मानिसलाई उहाँले आफना पीडादायी कथावाट वाहिर निकाल्न सफल हुनु भएको छ । उहाँले नेपालमा ठुल्ठुला समाजिक अभियान पनि चलाउनु भएको छ ।
समाजिक रुपमान्तरणका एक्ला अभियन्ता कार्कीकै कारण नेपाल पूर्ण खोपयुक्त देश तर्फ अघि बढिरहेको छ भने गाउँमा बथिङ्ग सेन्टर निर्माणको अन्तिम चरणमा रहेको छ । नेपालका ६ लाख बच्चाहरु मध्ये एकलाख बढी वच्चाहरु खोपवाट बञ्चित हुदै आएका थिए उनीहरुमा खोपको पहुँच सम्म पुरयाउनको लागि यो अभियान चलाएको हुँ कार्कीले भन्नुभयो । यो कसैको सहयोगमा संचालन भएको अभियान हैन समाज स्वयमको अगुवाईमा भएको अभियान हो । त्यसैले जनस्तरबाट संचालन भएका अभियानहरु दिगो र प्रभावकारी हुदै गएका छन ।

विश्वकै प्रभावशाली कोच कार्कीले विश्व स्वास्थ्य संगठनको परामर्श दाताको रुपमा पनि काम गर्नुभयो । गएको वर्षदेखि उहाँ युनिसेफको अन्तराष्ट्रिय परामर्शदाताको रुपमा द्वन्द्वग्रस्त मुलक अफगानिस्तानमा  काम गदै आउनु भएको छ । स्वर्णिम गाउँ निर्माण गर्ने योजनाको अगुवाई गदै आउनु भएका उहाँ भन्नुहुन्छ यो योजनामा सवै छोरीहरु स्कुल गएको, वालविवाहविवाह नभएको, सवैले पौष्टिक तत्वमा पहुँच भएको, स्वास्थ्यकर्मीको निगरानीमा बच्चाको जन्म भएको कुरालाई आधार बनाएर योजना अघि बढिरहेको छ । यो समुदायले नै नेतृत्व गरेको योजना हो अहिलेसम्म मैले ६ सय भन्दा बढी स्थानीय अगुवाहरुलाई प्रशिक्षण दिएर अभियानमा सामेल गराएको छु ।
सत्यहरुको अर्को नाम नै झुट
उहाँ एउटा जीवन प्रशिक्षक हुनुहुन्छ, उहाँको चाँसो र सरोकार भनेको मानिसहरुलाई अनावश्यक पीडावाट कसरी वाहिर ल्याउने भन्ने मात्रै हो । जीवन र कार्यसम्पादन रुपान्तरणका प्रविधिहरु मार्फत उहाँले मानसिक रुपमा उत्पन्न हुने पीडाबाट कसरी मुक्त हुन सकिन्छ भनेर सिकाउनु हुन्छ । उहाँको प्रशिक्षण मुलत तीन वटा विषयमा केन्द्रित हुने गरेको छ ।
वल्ड एच आर अमेरिकी कंग्रेसले विश्वकै प्रभावशाली कोचको रुपमा छनौट गरेका कार्की कसरी जीवनमा स्वतन्त्रता, शक्ति र उमंग थप्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुहुन्छ । अनावश्यक पीडा लिएर किन बाँच्ने, यसका विकल्पहरु छन, जीवनको ढाँचा बदल्न सकिन्छ अनि जीवनका कथाहरु पुर्नलेखन गर्न सकिन्छ ।विश्वासमा बाँचेका सत्यहरुको अर्को नाम नै झुट हो । यि मान्यताहरु स्थापित गराउने उहाँको मुल धेय हो ।

गरी खानेभए खानु नभए घर नआउनु
आफनो ज्ञान, सीप र क्षमताबाट नेपाललाई विश्वसामु चिनाउन सफल कोच कार्कीले जीवनमा थुप्रै आरोह र अवरोहरु पार गर्नु भएको छ । धेरै हन्डर ठक्कर पनि खानु भएको छ ।सुख अनि दुखको अनुभूति पनि गनुर््भएको छ ।  त्यतिकै विश्वकै प्रभावशाली कोच बन्नु भएको हैन त्यसको पछाडि ठुलो लगानी, त्याग अनि समपर्ण छ । त्यहि त्याग, लगानी र समपर्णकै कारण छोटो समयमै उहाँले यो उचाईको सफलता हात पानु भएको हो । कुनै बेला उहाँले बुवाले खेत वेचेर दिएको ५ हजार रुपैयाबाट चियाको व्यापार गर्नु भएको थियो । वुवाले ५ हजार रुपैया दिँदा भनेको कुराको स्मरण गदै कार्कीले भन्नुभयो घरवाट हिड्ने दिन वुवाले भन्नु भएको थियो यो रुपैयाले गरी खानेभए खानु नभए घर नआउनु ।
जीवनको टर्निङ्ग प्वाइन्ट
डिएफआइडीको सहयोगमा स्वास्थ्य मन्त्रालयले संचालन गरेको सुरक्षित मातृत्व परियोजनामा काम गर्ने बेलाको एउटा घटना उहाँको दिमागमा अहिले पनि ताजै छ । काठमाडौको नगरकोटमा एउटा तालिम थियो । त्यो तालिमका अंगे्रजी जान्नेहरुको एउटा समुह र नजान्नेहरुको अर्को समुह थियो । २ वटा फरक कोठमा राखेर उनीहरुलाई तालिम दिने व्यवस्था गरिएको थियो । तालिम लिन जानु भएका कार्कीको नाम भने अंग्रेजी नजान्नेहरुको समुहमा थियो । त्यो लिस्ट देखेपछि उहाँलाई आफनो क्षमता ख वर्गमा परेको अनुभूति भयो ।
त्यसपछि उहाँले राम्रो तलव भएको जागिर छाड्नु भयो । अनि अंग्रेजी सिक्न सुरु गर्नुभयो । ३ महिनामै अंग्रेजी सिक्ने अठोट गर्नु भएका कार्कीले नभन्दै तीन महिनामै अंग्रेजी सिक्नुभयो । जहाँ इच्छा त्यहाँ उपाय भनेझै उहाँले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सवित गर्नुभयो । त्यो घटनानै कार्कीको जीवनको टर्निङ्ग प्वाइन्ट थियो । जसले उहाँमा भएको इच्छाशक्ति र सपनालाई कार्यन्वयन गर्न सहयोग गरेको थियो । उहाँ भन्नुहुन्छ भरोसा आफैमाथी गर्नुपर्छ । अरुमाथी भरोसा गरियो भने असफल भइन्छ ।

आधा तलव नेटमै खर्च
जागिर गर्ने बेला भर्खर इमेल-इन्टरनेट आएको थिए । त्यतिवेला एक मिनेट नेट चलाएको १३ रुपैया खर्च हुन्थ्यो । कार्की भने आफनो आधा तलव नै नेट चलाएरै सक्नु हुन्थ्यो । उहाँ भन्नुहुन्छ त्यसपछि पढेर मात्र हुदैन मान्छेलाई कोचिङ्ग पनि पर्छ भन्ने सुने । त्यति वेलाकोचिङ्ग भन्ने नयाँ शव्द पनि थाहाँ पाए । त्यतिवेलानेपालमा लाइफ कोचिङ्ग भन्ने नै थाहाँ थिएन । अमेरिकी कोचको सहयोगमा सुरुमा भारतको वैलोरमा गएर कोचको प्रशिक्षण लिए अनि कोचको यात्रा सुरु भयो ।
प्रहरीको कस्टडिमा पुरयाउने त्यो घटना
सानैदेखि शान्त स्वभावका कार्कीले विना कारण दुई वर्षसम्म सार्वजनिक अपराधको मुद्धा खेप्नु परेको थियो । उतिवेलाको उक्त घटना सम्झदै उहाँ भन्नुहुन्छ त्यो घटनाले मलाई प्रहरीको कस्टडिसम्म पुरयायो ।होलीको दिन थियो । गाउँ भन्दा माथी लेखमा पिकनिकको आयोजना गरिएको थियो । रक्सी खाने चलन थियो । म भने खादैनथ्ये । एक जना गाउँकै दाई पर्ने रक्सी खाएर आउनु भएको थियो । गाउँकै अन्यसँग झगडा भयो । कुटाकुटसम्म भयो । विवाद वढ्दै जादा मुद्धा पनि चल्यो ।अनयासै कुटनेमा मेरो नाम पनि जोडिन पुगेछ । म भने त्यो घटनामा सामेल थिइन । पछि सार्वजनिक अपराधको मुद्धा खेप्नु परयो । आफुले नगरेको अपराधमा अनावश्यक दुख पाउँदा नरामाइलो अनुभव भयो ।

प्रेरणाको स्रोत
कार्की आफुलाई पढाउने गुरु धर्मजंग शाहलाई प्रेरणाको स्रोत ठान्नहुन्छ । शाहले उहाँको जीवनमा गहिरो प्रभाव पार्नु भएको थियो । उहाँ एक आर्दश शिक्षक हुनुहुन्थ्यो । पढाएको शुल्क वाफत मकै, गहँ जे भएपनि लिनुहुन्थ्यो ।केही नदिएपनि हुन्थ्यो दिए पनि सहर्स रुपमा स्वीकानु हुन्थ्यो ।
तिम्रो वोलीमा सरस्वती
कैलालीमा जागिर गर्ने सिलसिलामा एक जना महिलाको कारण उहाँ कोच बन्ने सोचमा पुग्नु भयो । उहाँ भन्नुहुन्छ कैलालीको वडातुल्सीपुर गाउँमा गएको थिए । महिलाको वेदना सम्वन्धी कथा सुनाउर्दै गर्दा केही महिलाहरु रोइरहेको देखे । किन रोएको भनेर सोध्दा एक जना उमेर ढल्केको महिलाले तिम्रो वोलीमा सरस्वती छन । तिमी अरुकाम गरौला तर तिम्रो वोली भन्दा प्रभावकारी अरु केही छैन भन्नुभयो । अनि बोलेर केही हुन्छ भने किन यतातिर नलाग्ने भनेर कोच बन्न पुगे ।
प्रशिक्षणको पहिलो दिन
कोच भएर नेपाल आएपछि उहाँले प्रशिक्षण चलाउन खोज्नुभयो ।  पहिलो पटक बोलाउदा कोही पनि आएनन् । दोस्रो पटक पनि कसैले पत्याएनन् । दुई पटक भन्दा पनि कोही नआएपछि उहाँले तेस्रो सुत्र पत्ता लाउनु भयो । फेरी पनि वोलाउने । तत्कालिन स्वास्थ्य सचिव डा. सुधा शर्मा पहिलो व्यक्ति हुनु हुन्छ जसले कार्कीको प्रशिक्षणमा आउँछु भन्नु भएको थियो । शर्माले कार्कीलाई थप उत्साह थप्नु भयो अनि त्यो कार्यक्रममा३ सय जना आए । विहानीले दिनको संकेत गर्छ भने झै पहिलो कार्यक्रममै उहाँले सहभागीको दिमागमा निकै ठुलो हलचल पैदा गर्नुभयो । त्यसपछि देशैभरी नै कार्यक्रमको गर्नु पर्ने आवाज उठन थाल्यो । धेरै ठाउँमा कार्यक्रम गर्नुभयो ।अहिले विश्वका ९० देशमा उहाँका अनुयायीहरु छन ।

पानी एकै पटक तानिदैन
बथिङ्ग सेन्टर स्थापना र पूर्ण खोप युक्त नेपाल अभियानका अभियन्ता कार्कीले सुर्खेतबाट वालविवाहरहित नेपालको महाअभियानको पनि सुरुवात गर्नु भएको छ । यो वाल विवाहरहित राष्ट्र निर्माणको अभियान हो । कसैसँग पैसा नलिइकन स्वर्थस्फूत रुपमा यो अभियान थालिएको छ । दुई वर्ष भित्र यो अभियानले केही न केही परिणाम दिनेछ । नेपाललाई छोरीहरुको लागि सुन्दर देश बनाउने अभियानको  मुल अभिप्राय हो ।छोरीहरु शसक्त नहुदासम्म देशको प्रगति हुदैन । सुर्खेतको कार्यक्रमबाट निकै उत्साहित भएको छु । यसलाई अव देशव्यापी बनाउने छु ।
सुर्खेतले देशलाई केही सिकाउने अवसर पाएको छ । यो सवैको लागि गर्वको कुरा पनि हो । उहाँ भन्नुहुन्छ सवै पानी एकै पटक तानिदैन । पानी तातिनको लागि सवैभन्दा पहिला भाडो तातिनुपर्छ । त्यसपछि सतहको पानी तानिन्छ अनि त्यसपछि बल्ल सवै पानी तातिन्छ । यो अभियान पनि यस्तै हो । जसले नियम बनाउँछ उसैलाई त्यसलाई भत्काउन पनि आउँछ । वालविवाह गर्ने /गराउने संस्कार वोकेकाहरु आफै परिवर्तन हुदै जान्छन ।अनि वालविवाहको पनि अन्त्य हुन्छ ।
प्रशिद्धि कमाउने अभिप्राय हैन
कार्कीको विभिन्न अभियान चलाएर प्रशिद्धि कमाउने, नायक देखाउने कुनै अभिप्राय छैन । यो अभियानमा जोडिएको म एउटा प्रतिनिधी पात्र मात्र हुँ । यो सवैको अभियान हो । सवैको साथ सहयोग र समर्थनवाट मात्र अभियानले सार्थकता पाउँछ उहाँ भन्नुहुन्छ ।
अचम्म-अचम्मका कथाहरु
प्रशिक्षकको रुपमा कार्कीले जीवनमा अनौठा खालका कथाहरु भएका मान्छेहरु भेटनुभयो । जीवनमा मैले धेरै अच्चमका कथाहरु भएका मान्छेहरु भेटे । घरवाट वेलुका लिएको श्रीमानलाई भोली पल्ट खोज्न जादाजिउँदै गाडेको । १५ वर्षसम्म एकपटक पनि नहाँसेको । २५ वर्षसम्म श्रीमतिसगँ नवोलेको । गरिवीको कारण अर्को देशमा जादाँ । एउटी आमाले ७ जना छोराछोरीलाई लिएर रातमा हिमाल काट्दा छुटेको । त्यसपछि आमा नै नभेटेको । कथाहरु बोकेका मान्छेहरु भेटे । उनीहरुलाई म बहादुरहरु भन्छु किनकी जस्तो सुकै चुनौति आएपनि उनीहरुले त्यसको सामना गरे तर पछि हटेनन् ।  परिस्थीतिलाई जिते तर हार खाएनन् ।पीडाका कथाहरुऐजेरु जस्तै हुन्छन ।रुख कमजोर हुन वित्तिकै ऐजेरु पलाउँछत्यसै गरी जति पीडाहरु वोकेर हिडिन्छ त्यति नै पीडावोध भैइरहन्छ । त्यसैले जीन्दगीलाई सजिलो रुपमा लिन सिक्नु पर्छ ।
अरुलाई नायक मान्यौ
हामीले आफनो मान्छलाई नायक हुन सिकाएनौ । हामी अरुलाई नायक बनाउनको लागि लड्यौ । केही सिमित मान्छेहरुलाई नायकको रुपमा मात्र देख्यौ । त्यसैको पछाडी लागि रह्यौ । आफै नायक हुँ भन्ने बुझेनौ । विकासित देशमा नायक हुनुपर्छ भन्ने संस्कारको विकास भएको छ । तर हाम्रो देशमा सीमित व्यक्तिलाईनायक मान्ने चलन छ । कुनै वेला त्यस्तो परिस्थीति पनि थियो । तर अहिले त्यो छैन ।खुुशी हुने सुत्र
सुखी र खुशी हुनको लागि अर्कोमाथीनिर्भर भएर बाँच्ने परम्पराको अन्त्य गर्नुपर्छ । परनिर्भरताको श्रृङखला तोड्नु पर्छ । त्यसको लागि आफै सक्रिय हुनुपर्छ । परिवारको सुखी र शान्तिको लागि परनिर्भरता तोड्नुको विकल्प छैन । देशभित्रै केही उत्पादन गर्नुपर्छ । गाईपालन, वाख्रापालजदेखि तरकारी खेतीसम्मको उद्यम गरौ । केही न केही त उद्यम गरौ । नेपालले  अव आफैले कपडा वनाउनथाल्नुपर्छ । कपडा मात्रै नवनाएको कारण वर्षेनी अरवै रकम विदेश जान्छ । हाम्रो देशमा वर्षमा ३ अर्व रुपैया त सरकारी कर्मचारीको पोशाकमै खर्च हुन्छ । त्यही पैसाले कपडा उद्योग स्थापना गरौ । देश त्यसै समृद्ध हुन्छ । समृद्धि खोज्न अन्यन्त्र भौतारिनु पदैन ।
कसैलाई पर्खिने हैन
अव कसैलाई पर्खेर हुदैन र हरेक गाउँले परिवर्तनको सुरुवात गर्नुपर्छ । अनि परिवर्तको केन्द्र पनि अव गाउँ हुनुपर्छ । अलिहेको सन्दर्भमा भन्नुपर्दा वालविवाहको वारेमा सवैलाई चिन्ता छ । तर चिन्तालाई कार्यान्वयन गर्ने विधी भने कसैसँग छैन । छोरीलाई केन्द्रमा राखेर सोंचौ न अव के हुन्छ । छोरीलाई विगतदेखि नै एउटा परिधिभित्र राखिएको छ । त्यो तोड्नु पर्छ ।  म जनताको शक्तिमा विश्वास गर्छु । समुदाय आफनो परिवर्तनको लागि आफै अघि बढनु पर्छ । कसैको भर पर्नु हुदैन ।
सत प्रतिशत छोरीहरुको तथ्याक
सुर्खेतबाट वालविवाहरहित नेपालको कल्पनासहित अभियान थाल्नु भएका कार्कीले १० देखि २० वर्षसम्मका छोरीहरुको जनगणना गर्ने बताउनु भएको छ । हामी यो अभियान अन्र्गत प्रत्येक गाउँमा सत प्रतिशत छोरीहरुको तथ्याक संकलन गछौ । २ वर्षभित्र यो गरिसक्छौ । त्यसवाट कुन दिन कुन ठाउँमा के भयो भन्ने कुरा थाहाँ हुन्छ ।
जीवन महाखेल
विश्वकै प्रभावशाली कोच कार्की जीवनलाई महाखेलको संज्ञा दिनहुन्छ । उहाँ भन्नुहुन्छ जीवन भनेको एउटा महाखेल हो । अरु खेलहरुको सीमित समय हुन्छ । निर्धारित समयमा हारजीत हुन्छ । महाखेलको कुनै समय सिमा हुदैन । बाचुन्जेल मान्छेले जीवनमा कुनै पनि बेला चमत्कार गर्न सक्छ । जीवन भनेको नमरुन्जेलसम्म खेली रहने खेल हो । जीवनएउटा लामो खेल पनि हो । त्यसैले यो महाखेलमा एकपटक असफल हुँदा नआतिनुहोस । कुनै पनि वेला सफलता हात पर्न सक्छ । यो महाखेलमा आफैलाई आश्र्यचकित पार्नको लागि तयार रहनुपर्छ ।
आगामी योजनासमाजको आवश्यकता निर्धारण
आफ्नो भावी योजनासमाजको आवश्यकता तय गर्ने उहाँको भनाई छ । २ वर्ष वालविवाहरहित देश वनाउने अभियानमै लाग्छु । त्यसपछिको मुभमेन्ट राष्ट्रिय उत्पादनको लागि हुन्छ । युवाहरुको उद्यमसिलताको लागि अभियान चलाउँछु । स्वाधिन देश बनाउनको लागि कस्लाई कस्तो खालको प्रशिक्षण दिनुपर्छ त्यसको लागि सधै तयार छु उहाँले भन्नुभयो ।

समाजले माग्यो र देशको लागि आवश्यक भयो भने
लागे पुगेसम्मगैर राजनीतिक तरिकाले नै सामाजिक अभियन्ता नै हुन्छ । यदि राजनीतिमै आउने हो भनेपनि मेरो लागि सवै ढोकाहरु खुला छन ।  मजहाँ गएपछि हराउने पात्र बन्दिन । जलेकै दियो हुन्छु । त्यो विश्वास र त्यो अठोट मसँग छ । राजनीतिबाट टाटा हुँदा सवैले सुन्छन, धेरैले स्वीकार्छन । तर मलाई मेरो क्रान्तिकारी स्वभावसँग डर छ । सवै कुरा विग्रिएको हेर्न चाहान्न । कुनै वेला समाजले माग्यो र देशको लागि आवश्यक भयो भने कुनै पनि कदम चाल्न पछि पदैन ।अहिलेको सानो फे्रर्मबाट वाहिर आउँन तयार छु । अहिले चलिरहेकै राजनीतिमा गइदैन । देशव्यापीफ्रेम चेन्ज गर्नतिर लाग्छु ।सफलता भन्ने कुरालाई बुझने नेपाली ढंर्राको व्याकरण
सवैभन्दा पहिला सफलता भन्ने कुरालाई बुझने नेपाली ढंर्राको व्याकरण नैवदल्नु पर्छ । जसरी भएपनि कमाउँ, कसरी कमाउने मतलव छैन । नैतिकताको सवाल छैन कसरी पनि जित, शक्तिमा पुग । धनी भएपछि, शक्तिमा पुगेपछि, पदमा पुगेपछि सफल भैइहाल्यो । त्यस्तोलाई सफलता मानिदैन । आफुप्रति गर्भ गर्ने मान्छे नै सफल मान्छे हो । आफनो काम गर्ने व्यक्ति नै सफल हो । आफनो महत्वकाक्षाका व्यवस्थापन गर्नुपर्छ ।
संसारलाई त्यो आँखाले हेर्नु
छोटो समयमा ठुलो सफलता हात पार्न सफल कार्की नेपाली युवाहरुले ठुला सपनाहरु देख्नु पर्नेमा जोड दिनुहुन्छ । युवाहरुको सपनाहरु सीमित भए । युवाहरुले यो २१ औ शताव्दीको भाषा वुझन सकेनौ । अरुकै देखासिकी गर्ने चलन भयो । ठुला र फराकिला सपनादेखौ । दुनियामा कसैले नगरेको काम गरौ । सपनालाई फराकिलो पार्यो भने जीन्दगीलाई  सफल बनाउन सकिन्छ । सपना भनेको त्यो हो, संसारलाई त्यो आँखाले हेर्नु जुन आँखाबाट कसैले हेरेको छैन । अहिले सपना देख्ने युवाहरु कम छन फेसन गर्ने बढी छन । तपाई कहाँ जन्नमु भयो । धनी हुनुहुन्छ वा गरिव त्योसगँ मतलव छैन । ठुला र फरक सपना देख्नु पर्छ । अर्को कुरा युवाहरुइमाददार हुनुपर्छ । इमानदार मान्छे जहाँ भएपनि ढिलो चाडो दुनियाले देखिहाल्छ ।

(पत्रकार प्रकाश पन्त र मानबहादुर ओलीसँग गरिएको कुराकानीमा आधारित तथा  ग्राफिक डिजाइन मानबहादुर खड्का )

भिडियाे हेर्नुहाेस् :




फेसबुकबाट तपाईको प्रतिक्रिया