६४ औं वार्षिक उत्सव भव्य

प्रेमबहादुर सिंह
जाजरकोट १९, फागुन
जिल्लाको सवैभन्दा पुरानो र ठुलो  विद्यालय श्री त्रिभुवन माद्यामिक विद्यालय खलंगा जाजरकोटले आफ्नो ६४ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । विद्यालय स्थापना दिवसका  अवसरमा विद्यालयले विविध सृजनात्मक तथा अन्य कार्यक्रमहरुको आयोजना गरि मनाएको हो ।  २००९ सालमा स्थापना भएको उक्त विद्यालय सवैभन्दा ठुलो र पुरानो विद्यालय हो । वार्षिक उत्सवका अवसरमा विद्यालयमा  खेलकुद गीत हाजिरी जवाफ तथा अन्य सृजनात्मक कार्यक्रमहरु सन्चालन गरेको प्रधानाध्यापक हेरम्ववहादुर शाहले वताउनु भयो । वार्षिकउत्सवका अवसरमा विभिन्न प्रकासनहरु सार्वजनिक गर्नुका साथै शिक्षक तथा विद्यार्थीहरुलाई  पुरस्कृत गरिएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमको पुर्व जिविस सभापति तथा एमालेका केन्द्रीय सदस्य भैरव सुन्दर श्रेष्ठले उद्घाटन गर्नु भएको थियो ।  विद्यालयका प्रधानाध्यापक हेरम्ब वहादुर शाहले विद्यालयका समग्र अवस्थाका साथै चालु आवको शैक्षिक अवस्थाबारे जानकारी प्रस्तुत गराउनु भएको थियो ।
विद्यालयले बर्षभरी गरेका गतिविधिहरु समेटेर मालिका स्मारीका समेत प्रकाशन गरेको  छ ।  कक्षा ६ देखि १२ कक्षासम्म विद्यालयमा एक हजार वढी विद्यार्थीहरु पठनपाठन गर्दै आएका छन् । वार्षिकोत्सवका अवसरमा विद्यालयको प्रगतिका लागि  विभिन्न राजनैतिक दलका प्रमुख तथा अन्य सरोकारवाला निकायका व्यक्तिहरुले शुभकामना मन्तव्य  दिएका थिए ।




फेसबुकबाट तपाईको प्रतिक्रिया