सुर्खेत, मंसिर १४ –दोस्रो चरण अन्र्तगत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सुर्खेतमा पूराना हस्तीसँग नयाँ अनुहारका नेताहरुको प्रतिस्पर्धा हुँदैछ ।
२ प्रतिनिधिसभा र ४ प्रदेशसभा गरी ६ सिटमा पूराना हस्ती र नयाँ नेताहरुबीच कडा प्रतिस्पर्धा हुने भएको हो । प्रतिनिधिसभाका लागि क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवार पूर्व गृहमन्त्री पूर्णबहादुर खड्कासँग वाम गठबन्धनको तर्फबाट एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाही प्रतिस्पर्धामा हुनुहुन्छ । खड्का २०४८ सालदेखि निरन्तर विजयी हँुदै आउनु भएको छ भने शाही पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ । खड्का २०४८, २०५१, २०५६ र २०७० सालको चुनावमा निर्वाचित हुनु भएको थियो भने २०६४ सालमा समानुपातिक सांसद बन्नु भएको थियो । खड्का सुर्खेत क्षेत्र नम्बर १ वाट पाँचौपल्ट प्रतिस्पर्धा गदै हुनुहुन्छ भने शाही भने कांग्रेसका हस्तीसँग पहिलो पटक प्रतिस्र्धामा उत्रनु भएको छ
यस्तै प्रतिनिधिसभातर्फको क्षेत्र नं. २ मा कांग्रेसबाट उम्मेदवार बन्नु भएका पूर्व सहकारी तथा गरिवी निवारण मन्त्री हृदयराम थानी र वाम गठवन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका एमाले सुर्खेतका पूर्व अध्यक्ष नवराज रावत दुबै जना पुराना हस्ती हुनुहुन्छ । थानी यसअघि दुई पटक विजयी र दुई पटक पराजित भइसक्नुभएको छ । रावत भने यसअघि तीन पटकसम्म पराजित भइसक्नुभएको छ । उहाँहरु दुबै जनाबीच भने पहिलो पटक चुनावी भिडन्त हुँदैछ । यसअघि थानी क्षेत्र नम्बर २ र रावत क्षेत्र नम्बर ३ वाट चुनाव लड्नु भएको थियो । अहिले एउटै क्षेत्र भएपछि उहाँहरु चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
प्रदेशसभाको लागि क्षेत्र नं. २ को क मावाम गठवन्धनका तर्फबाट पूर्व मन्त्रीएवं एमाले पोलिट्व्युरो सदस्ययामलाल कँडेलकोप्रतिस्पर्धी कांग्रेस सुर्खेतका सभापतिकमलराज रेग्मीसँग हुँदैछ । विगतमा हृदयराम थानीसँग चुनाव लडिरहने कँडेल यसपटक मुख्यमन्त्री हुने दाउमा प्रदेशसभाको सदस्यमा चुनाव लडनु भएको हो । कँडेल यसअघि पटकपटक उम्मेदवार भइसक्नु भएको छ भने कांग्रेसका सभापति रेग्मी पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ ।
क्षेत्र नं. २ को प्रदेश ‘ख’ मा कांग्रेसबाट उम्मेदवार बन्नुभएका सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टको प्रतिस्पर्धी पनि नयाँ अनुहार हुनुहुन्छ । वाम गठवन्धनको तर्फबाट माओवादी केन्द्रका विन्दमान विष्ट राज्यमन्त्री तप्त विष्टको प्रतिस्पर्धी हुनुहुन्छ । तप्त विष्ट योसहित दुई पटक चुनावी मैदानमा उत्रिनुभएको छ भने विद्यार्थी राजनीतिबाट आएका विन्दमान भने पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ ।
सुर्खेत क्षेत्र नं. १ को प्रदेश ‘क’ मा कांग्रेसबाट उम्मेदवार बन्नुभएका टेकबहादुर सिंह पनि पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ । उहाँको प्रतिस्पर्धी वामगठवन्धनका तर्फबाट माओवादी केन्द्रका ठम्मर विष्ट भने यसअघि पनि उम्मेदवार बन्नुभएको थियो । यस्तै क्षेत्र नं.१ को प्रदेश ‘ख’ मा उम्मेदवार बन्नुभएका कांग्रेसका झकबहादुर डाँगी र वामगठवन्धनका एमालेका खड्क खत्री दुबै जना नयाँ अनुहार हुन् ।
डाँगी शिक्षक राजनीतिबाट आउनुभएको हो भने खत्री निर्माण व्यवसायी हुनुहुन्छ । राजनीतिमा नयाँ पूराना भन्ने हुँदैन जसको जोसँग पनि प्रतिस्पर्धा हुनु स्वभाविक भएको भएको उम्मेदवारहरु बताउनुहुन्छ । उम्मेदवारभन्दा पार्टीलाई मत दिने भएकोले नयाँ पूरानाको कुनै फरक नपर्ने उहाँहरुको भनाई छ ।उज्यालो अनलाईनवाट ।
राराखबर । २०७४, १५ मंसिर शुक्रबार