बद्री पन्त
जाजरकोट १, मंसिर
निर्वाचन आयुक्त सुधीर कुमार शाहले चुनाव सम्पन्न गर्न राष्ट्रसेवक कर्मचारी सबै उच्च मनोबलका साथ लाग्न निर्देशन दिनु भएको छ ।
शुक्रवार जाजरकोट स्थित मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रशिक्षण दिनु हुदै शाहले यस्तो कुरा बताउनु भएको हो
आसन्न मंसिर १० गते हुनगइरहेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनलाई सफल पार्न निर्वाचनमा खटिएका कर्मचारी तथा शिक्षक, सुरक्षाकर्मी लगाएतलाई उच्च मनोवल बनाउन निर्देशन दिनु भएको हो ।
निर्वाचनको व्यवस्थापन र तयारीको अबस्था र शान्ति सुरक्षाको अवस्थाबारे निरीक्षण तथा अनुगमन गर्न हेलिकोप्टर मार्फत जाजरकोट आउनु भएका शाहले निर्वाचनमा खटीने मतदान अधिकृतलाई तोकेको जिम्मेवारी बहन गर्न समेट बताउनु भएको हो ।
सरकारले निर्वाचनमा खटीएका कर्मचारीको सुरक्षाको पुर्ण ग्यारिण्टी गरेको भन्दै निरधक्क भएर काम गर्न निर्देशन दिनु भएको छ ।
यसपटकको निर्वाचन जनताको भाग्य र भविष्यसंघ जोडिएको निर्वाचन भएकाले सवैले सहयोग गर्नुपर्ने शाहले बताउनु भयो ।
निर्वाचन विथोल्ने समुहलाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीलाई निर्देशन समेत आयुक्त शाहले दिनु भएको छ ।
मुख्य निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखलाई जाजरकोटका ३ नगरपालिका र ४ गाउँ पालिकाको निर्वाचन शान्तिपुर्ण, निष्पक्ष, धा“दलीरहित र भयरहित वातावरण सम्पन्न गर्न समेत निर्देशन दिनु भएको छ ।
६ नम्बर प्रदेशको निर्वाचनको व्यवस्थापन तयारीको अबस्था र शान्ति सुरक्षाको अवस्थाबारे निरीक्षण गर्न आयुक्त शाह जाजरकोट आउनु भएको थियो ।
राराखबर । २०७४, १ मंसिर शुक्रबार