उपकुलपति कोइरालाले विधी र विद्यानलाई लत्याए

सुर्खेत, ३ मंसिर ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनले विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोइरालाले विधी र विद्यानलाई लत्याउदै अघि बढ्न खोजेको आरोप लगाएको छ । स्ववियुले बीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उपकुलपतिले विश्वविद्यालयको विधानको धज्जी उडाउदै विभिन्न निर्णयहरु गरेको उल्लेख गरेको छ । युनियनले विश्वविद्यालयले विधान विपरित गरेका निर्णयहरु खारेज गदै आफुले उठाएका मागहरु तत्काल सम्वोद्धन गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा नेपाल विद्यार्र्थी संघका केन्द्रीय सदस्य विवेक आचार्यले उपकुलपति स्वच्छाचारी भएको उल्लेख गरे । उनले भने विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्लको अनुपस्थितिमा कार्यकारी बैठक बसेर उपकुलपतिले केही नियुक्ति गरेको भन्दै आपत्ति पनि जनाए ।
यस्तै स्ववियु सभापति झक्क शाहीले रजिष्ट्रारको उपस्थिति बिना गरिएको नियुक्त तत्काल खारेज गर्नु पर्नेमा जोड दिए । स्वतन्त्र विद्यार्थी युनियनको आन्दोलन थालेको ५७ दिन भैसक्दा पनि विद्यार्थीका मागहरु पुरा गर्न उपकुलपतिले ध्यान नदिएको भन्दै माग पुरा नगरे कडा आन्दोलनमा उर्तिने चेतावनी दिए ।
पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही र वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलालले कार्यकारी समितिको वैठक, परिक्षा नियन्त्रक प्रमुख र सहप्रमुखको नियुक्ती सम्वन्धमा लिखित रुपमा पेश गरेको कानुनी रायबारे जानकारी दिएएको थियो ।




फेसबुकबाट तपाईको प्रतिक्रिया