धानमा किरा आतंक, कृषक मर्कामा

बद्री पन्त
जाजरकोट २१, भदौ
थालारैकर २ का बलबहादुर शाही यति बेला चिन्तामा छन । ८ रोपनी खेतमा लगाएको धानबाली घोग्या किराले सखाप पारेपछि चिन्तामा परेका हुन् । खेतको धान किराले सखाप बनायो, उनले भने । किरा लागेर धान वाली नष्ट गरेको छ । पसाउदै गरेको धानको पात, डाँठहरु किराले खाएर नष्ट गरेको छ, उनले बताए ।
dhanma kira 2-1दुःख गरेर लगाएको वाली किराले नष्ट गर्यो, के खाएर परिवार पाल्ने समस्या भयो, शाहीले गुनासो गरे । गाउँभरी लगाएको धान, मकै, कोदो, भट्टमास, फलफुल लगाएत बाली किराले सखाप पारेपछि कृषकहरु मर्कामा परेका छन् ।
थालारैकर १,२,३,४ को सिमाखेत जिउलामा लगाएको धानबाली किराले नष्ट गरेको थालारैकर १, का कृषक रणबहादुर शाहीले बताए । गाउँ भरी किराको बिगविगी छ, बालीनाली सबै सक्यो, उनले भने । बाली उपचारको कुनै उपाय लागेन, उनले भने । यो किरोको ५ बर्ष यता प्रकोप देखिएको हो । नियन्त्रणको लागि धेरै प्रयास गरियो तर सफल भएन, उनले भने ।
यो किराको झुस विझेर थालारैकर ४, का बलबहादुर भाट क्षेत्रीले बाँया आँखाको ज्वती नै गुमाउनु परेको रणबहादुरले बताए । यस्को झुस विझेमा शरिरमा घाउ हुने, पाक्ने खतरा उतीकै हुन्छ, उनले भने । जता हेरर्यो उतै किराकै विगविगी छ, स्थानीयलाई साह्रै सताएको छ, उनले भने ।
dhanma kira 3-1जिल्ला कृषि विकास कार्यालयले (क्याटर पिल्लर) समुह भित्र पर्ने लोपोफोरा केम्पका जातको किरा रहेको जनाएको छ । यस्ले पात तथा डाँठहरु खाएर धानवाली नष्ट गरेको कार्यालयले जनाएको छ । उक्त किराले खेतमा लगाएको धान, पाखे धान, कोदो, मकै भट्टमास लगाएत वाली नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत तिलकराम ओलीले वताए । किराले थालारैकर गाविसमा ६० देखि ६५ र सिमा गाविसमा झण्डै ३० देखि ४० रोपनी खेतबारीमा खेती गरिएको वालीनाली नष्ट गरेको अधिकृत ओली वताए ।
स्थानिय भाषामा घोग्या किराका नामले चिनिने उक्त किरावाट किसानहरुको वाली जोगाउनलाई जिल्ला कृषि विकास कार्यालयवाट विषादी सहिद प्राविधिक टोली पठाउने तयारी भएको कार्यालयले जनाएको छ । किराले थालारैकर र सिमा गाविसमा ४० प्रतिशत धानमा क्षेती गरेको कार्यालयले जानकारी दिएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया