सुर्खेत, ३ भदौ ।
राष्ट्रिय सुचना दिवसको अवसरमा वीरेन्द्रनगरमा भएको कार्यक्रममा विभिन्न सरकारी कार्यालयका सुचना अधिकारीहरुले सुचनाको हकको प्रयोग गरेर लिखित रुपमा सुचना पाऊ भन्ने निवेदन कम पर्ने गरेको बताएका छन् ।
सेवाग्राहीसँग प्रत्यक्ष सरोकार हुने कार्यालयमा सुचना माग्ने पुरुषको तुलनामा महिलाहरुको संख्या झनै न्यून रहेको उनीहरुले वताएका छन ।
राज्यका निकायले प्रदान गर्ने सेवा अधिकतम खुला र पारदर्शी बनाइ विधिको शासन स्थापित गर्न सुचनाकोे हक सशक्त माध्यम भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हितप्रसाद पौडेलले बताउनु भयो ।
सार्वजनिक निकायहरुमा सेवाग्राही तथा नागरिकहरुलाई सुचना उपलब्ध गराउन तोकिएका सुचना अधिकृतहरुले आफुसग प्रयाप्त सुचना राख्नु पर्नेमा उनीहरुले जोड दिएका छन ।
सुचना अधिकारीलाई आफ्नो क्षेत्राधिकारबारे जानकारी नहुँदा कतिपय कार्यालयका सुचना प्रवाहमा समस्या हुने गरेको उनीहरुले वताएका छन ।
नागरिकले कार्यालय गतिविधिका सामान्य सुचना माग गर्दा पनि सुचना अधिकृतले कार्यालय प्रमुखलाई सोध्नु पर्ने भन्दै आलटाल गर्ने गरेको वताएको छ ।
कार्यक्रममा सुर्खेतका विभिन्न सरकारी कार्यालयका सुचना अधिकृतहरुको सहभागिता रहेको छ ।
राराखबर । २०७३, ३ भाद्र शुक्रबार