कर्जा काढेर दशैँ मनाउदै

बद्री पन्त
जाजरकोट २०, असोज
देश भर दशैं लगाएत चाडपर्वको रौनक छाएको छ । स्थानीयले आफ्नो गक्ष्य अनुसार खर्च गरेर चाडवाड मनाउने तयारीमा जुसटेका छन । तर जाजरकोटको नलगाड नगरपालिका ६, पिउलीका नरबहादुर विकको घरमा १४ जनाको परिवार छ । उनको ३ रोपानी जग्गाको उत्पादनले बर्षभरी खाना पुग्दैन । केवल ६ महिना मुस्कीलले गर्जो टर्ने र बाँकी ६ महिना गाउँघरमा कर्जा काढेर परिवारको गुजरा चउलाउदै आएका छन नरबहादुर । बर्षेणी आउने दशै लगाएत चाडपर्व मनाउनका लागि ऋण दाम गरेर मनाउनु पर्ने बाध्यता छ । दशै लगाएत चाडपर्व मजदुरी नगरे चुल्होमा आगो बल्दैन । ऋण काढेर चाडवाड मनाउने गरेको नरबहदुरले बताउनु भयो ।


त्यसैगरी विष्णु विकको ५ जना परिवारको गर्जो ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका छन् । साँझ बिहानको खर्च धान्नै मुस्किल छ । दशैँ आएको छ, मिठोमसिनो खाने, नयाँ लुगा किन्ने क्षमता नै छैन । यस पटकको दशैमा ५० हजार ऋण दाम गरेर चाडपर्व मनाउने र घर खर्च चलाउनु पर्ने समस्या भएको विष्णले बताउनु भयो । मिठोमसिनो खाने, परिवारका लागि नयाँ लुगा किन्ने, वर्षमा एकपटक भए पनि मासु खाने इच्छा दशैँजस्तो चाडपर्वमा कसलाई हुँदैन र पनि इच्छामै सीमित भएको उनको भनाइ छ । वर्षमा एकपटक किनेको बालबच्चाका लुगासमेत फाट्ेका छन ।


नरबहादुर र विष्ण त केहि उदाहरण मात्र हुन । यहाँका ४२ घरपरिवारको साझा समस्या उस्तै रहेको छ । सबै घरपरिवार अति विपन्न तथा गरिवीको चपेटामा रहेका छन । गाउँ नजिकैका बस्तीमा दशैँको रौनकताले छपक्कै ढाकेको भए पनि यो बस्तीका बासिन्दा भने दशैँ के गरेर बनाउने भन्ने पिरलोमै बसेका छन । उनीहरुलाई साँझ बिहानको छाक टार्न धौधौ पर्ने छ । चाडपर्व पनि हुनेखानेका लागि आउने गरेको उनीहरुको भनाई छ ।
भौगोलिक विकट्टा रहेको यस गाउँमा बर्षे खाद्यान्न अभाव भइरहने गरेको छ । हामीजस्तालाई दशैँ त नआएकै राम्रो हुन्छ भन्नु हुन्छ स्थानीय जयबहादुर विक । दशैंको मुखमा भात खान समेत नपाउने गरेका छन । यस गाउँमा मकै बाली पनि राम्रो छैन, ज्याला मजुरी गरेर परिवारको गुजरा चलाउदै आएका छन ।
सरकारले समाजमा पछाडि पारिएका तथा आर्थिक रूपमा विपन्न समुदायका लागि गाउँघरमै रोजगारीका अवसर समेत प्रदान गरी सहज जीवनयापन गर्ने वातावरण कायम गरिदिनु पर्छ । ३० हजार घरधुरी र १ लाख ६५ हजार जनसंख्या रहेको जाजरकोटमा यसको आधा बढी जनसंख्या गरिवीको रेखामुनी रहेका छन ।




फेसबुकबाट तपाईको प्रतिक्रिया