जर्नेल-सोनाक्षी प्रकरणमा दिपक: ‘झिगाँ मार्न तोप नहानौं’

नेपाली सेनाका जर्नेल नै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा पुगेकोमा भएको आलोचनाले यतिबेला नेपालदेखी भारतसम्मका मिडिया गर्माएका छन्। यसरी सोनाक्षीलाई लिन जानु सेनाको ‘मनोबल’ गिराउने भनेर आलोचना भइरहेको छ. यसमाथी नेपाली फिल्मका महानायक राजेश हमालले समाचारको फोटो राख्दै नागरिकका रूपमा हिनतावोध भएको भन्ने फेसबुक स्टाटसले प्रकरणलाई थप उचाइ दियो।

उनको फेसबुक स्टाटसलाई अन्य नेपाली कालाकारले सेयर गरे। यसै सन्दर्भका बिच लोकप्रिय हाँस्य कलाकार दिपकराज गिरी सेनाको चर्को आलोचनाको केहि बचाउ गरेका छन्। उनले प्रकरणलाई चाहिने भन्दा बढि उचालिएको उनको भनाइ रहेको छ। फेसबुकमा उनले समग्र प्रकरणलाई झिगाँ मार्ने तोप प्रयोग गरिएको जस्तो भएको भनेका छन्।

उनले लेखेको स्टाटस यस्तो छ:

मनोबल नै चाहि गिरेको छैन..
भनिन्छ आलोचना नै गर्न तिर लाग्यो भने भगवान विरूद्द नै मुद्दा हाल्न सक्ने कारणहरू भेटिन्छन्…।
सोनाक्षीलाई एउटा सेनाको जर्नैलले स्वागत गरेको धटनाले यत्रो बितन्डा मच्चाएको चाँहि आश्चर्यजनक हो।

यो घटनाले मनोबल नै गिराउने तहसम्मको काम चाहि गरेको छ जस्तो लाग्दैन। सेनाले पोशाक लगाएर दाउद इब्राहिमलाई स्वागत गरेको होइन। आफ्नै नजिकको एउटा संस्थाले देशको विपतमा सहयोग गर्न निम्त्याएको पाहुना कलाकारलाई स्वागत गरेको हो।

 त्यो सम्मान सोनाक्षीलाई होइन कला , साहित्यका पारखीलाई गरिएको हो। एउटा पाहुनालाई गरिएको सम्मान हो। पाहुनालाई भगवान मान्ने हाम्रो पूरानो संस्कार छ… सोनाक्षीलाई ल्याउदा ३१ तोपको सलामी दिएर जरसाबले स्यालुट ठोकेका छैनन्, सामान्य तबरले स्वागत मात्र गरेका हुन्।

भबिष्यमा अलि सजक हुन चाहि सकिन्छ तर राज्य तहबाट नै यति धेरै चासो दिनु चाहि हाम्रो नकारात्मक चिन्तनको परिचय हो। साथी हो झिगॉलाइ तोप नहानौ सामान्य थप्पड भए पुग्छ।
यो सानो गल्ति होला तर मनोबल नै चाहि गिरेको छैन्। त्यति कमजोर मनोबल छैन हाम्रो कि सेनाले गरेको लाखौ पुन्यका काम बिर्सेर सामान्य भूलका कारण मनोबल गिरोस…….!!!

 




फेसबुकबाट तपाईको प्रतिक्रिया